१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

सिक्किम विधानसभा निर्वाचनः ३२ मध्ये ३१ सिटमा सत्तारुढ दल विजयी


२० जेष्ठ २०८१, आइतबार  

3
Shares

काठमाडौं । भारतको सिक्किम विधानसभाको हालै सार्वजनीक मतपरिणम अनुसार ‘सिक्किम क्रान्तिकारी मोर्चा’ लाई प्रचण्ड बहुमत मिलेको छ ।

३२ सदस्यीय विधानसभामा ‘सिक्किम क्रान्तिकारी मोर्चा’ ले ३१ सिटमा जित निकाल्दै फेरी एकपटक सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेको छ । सिक्किम विधानसभामा कांग्रेस आई र भारतीय जनता पार्टीको उपस्थिति शून्य भएको छ । आफ्नो पार्टीले प्रचण्ड बहुमत प्राप्त गरेसँगै ‘सिक्किम क्रान्तिकारी मोर्चा’का नेता प्रेमसिंह तामाङ अर्थात पीएस गोले फेरी मुख्यमन्त्रीमा दोहोरिने भएका छन् ।

२०१९ को निर्वाचनमा आफ्नो पार्टीलाई १७ सिट दिलाएर मुख्यमन्त्री बनेका गोलेले अहिलेको निर्वाचनमा भने आफ्नो पार्टीको उपस्थिति एकलौटी जस्तो बनाएका छन् । सन् २०१९ मा उनले २४ वर्षदेखि सत्तामा रहँदै आएका पवन चाम्लिङलाई विस्थापित गरेका थिए । तामाङले सन् २०१३ मा पूर्वमुख्यमन्त्री चाम्लिङको पार्टी ‘सिक्किम डेमोक्रेटिक फ्रन्ट’मा विद्रोह गरेर ‘सिक्किम क्रान्तिकारी मोर्चा’ गठन गरेका थिए ।

त्यसको अर्को वर्ष भएको निर्वाचनमा ‘सिक्किम क्रान्तिकारी मोर्चा’ले विधानसभाका ३२ मध्ये १० सिटमा जित हासिल गरेको थियो ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ३ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली