४ असार २०८३, बिहिबार । June 18, 2026

प्रतिनिधिसभा बैठकः मनसुनजन्य विपद् पूर्वतयारीमा जुट्न आग्रह


२० जेष्ठ २०८१, आइतबार  

3
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य माधव सापकोटाले बाढी पहिराजस्ता मनसुनजन्य विपद्का घटनाबाट हुने सम्भावित क्षति न्यूनीकरणका लागि पूर्वतयारीमा जुट्न सरकारसँग आग्रह गरेका छन् ।

आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न आज बसेको प्रतिनिधिसभा बैठकमा भाग लिँदै सांसद सापकोटाले सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्चीको बाढी पीडितले हालसम्म राहत रकम पाउन नसकेको उल्लेख गर्दै समयमै उपलब्ध गराउन सरकारसँग माग गरेका हुन् । “हामी मनसुनको पूर्वसन्धामा छौँ ।

आगामी मनसुनमा औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ, बाढी पहिरोजस्ता घटना बढ्न सक्ने भएकाले समयमै पूर्वतयारीमा जुट्न आवश्यक छ,” उनले भने, “पछिल्लो समय जलवायु परिवर्तनको प्रभाव बढिरहेको छ, यसको न्यूनीकरणमा हाम्रो भूमिका के रहने भन्नेमा स्पष्ट हुनुपर्छ ।” सरकारले आगामी वर्षको बजेट वक्तव्यमा दिगो विकास र जलवायु परिवर्तनलाई प्रथामिकता दिनु स्वागतयोग्य रहेको सांसद सापकोटाको भनाइ छ ।

सरकारले ‘राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम’ सञ्चालन गर्ने लक्ष्य राखेको उल्लेख गर्दै उनले यसले जलवायु परिवर्तन न्यूनीकरणमा मद्दत पुगेको बताए । “जलवायु परिवर्तनको असरका कारण पर्वतीय क्षेत्रदेखि समुन्द्र सतहसम्मको मानव जीवनमा असर गरेको छ,” उनले भने, “जलवायु परिवर्तन न्यूनीकरणकोे अभियानमा नलागे मानव जीवन झन जोखिममा पर्छ ।” आगामी आर्थिक वर्षको बजेटमा जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिने तथा विपद् व्यवस्थापन र जलवायु अनुकूलनका कार्यक्रमलाई एकीकृत रूपमा सञ्चालन गर्ने उल्लेख छ ।

सांसद सापकोटाले जलवायु परिवर्तनबाट हिमाली र पर्वतीय क्षेत्रमा परेको प्रभावका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा संवाद गरी ‘हिमाल जोगाऔँ, मानवता बचाऔँ’ अभियानलाई निरन्तरता दिइने कुरा स्वागतयोग्य भएको उल्लेख गरे ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  २ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा