१० कार्तिक २०८३, मंगलबार । October 27, 2026

चन्द्रमाको दक्षिणी ध्रुवमा चिनियाँ अन्तरिक्ष यानको सफल अवतरण


२० जेष्ठ २०८१, आइतबार  

12
Shares

एजेन्सी । चीनले आफ्नो मानवरहित अन्तरिक्ष यान पृथ्वीबाट नदेखिने चन्द्रमाको एउटा भागमा अवतरण गरेको जनाएको छ ।

यो चन्द्रमाको त्यहो क्षेत्र हो जहाँ यसअघि कोही गएका छैनन् । चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशन (सीएनएसए) ले एक विज्ञप्तिमा भनेको छ, ‘बेइजिङको समय अनुसार बिहान ६ः२३ मा चाङ–इ–६ यान चन्द्रमाको दक्षिणी ध्रुव नजिकै आइटकेन बेसिनमा अवतरण गर्न सफल भएको छ ।’ चीनले मे ३ मा यो अभियान सुरु गरेको थियो ।

यस अभियानको उद्देश्य चन्द्रमाको यस भागबाट चट्टान र माटो सङ्कलन गरी पृथ्वीमा ल्याउनु हो। यो मिसनले चन्द्रमाको सबैभन्दा पुरानो चट्टानहरू सङ्कलन गर्न सक्छ। चन्द्रमाको दक्षिणी ध्रुवमा एउटा ठुलो क्रेटर छ, जहाँ यो यान अवतरण भएको छ। यो अभियान अघि धेरै कठिनाइहरू थिए। चन्द्रमाभन्दा पर पुगेपछि अन्तरिक्ष यानसँग सम्पर्क गर्न गाह्रो हुन्छ।

चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यान अवतरण गर्न सफल हुने चीन विश्वको पहिलो राष्ट्र हो । चीनले सन् २०१९ मा चाङ–ई–४ अन्तरिक्ष यान यहाँ अवतरण गरेको थियो ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ११ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल: चितवन राइनोजसँग विराटनगर किङ्ग्स ८ रनले पराजित

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले विराटनगर किङ्ग्समाथि

एनपीएलः विराटनगर किङ्स र चितवन राइनोज भिड्दै

काठमाडौं । एनपीएलको दोस्रो दिन आज दुई खेल हुँदैछन्। पहिलो

एनपीएल सिजन ३ः किशोर र शेरको घातक बलिङ, लुम्बिनीको सहज जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा साविक

एनपीएल सिजन–३ आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उद्घाटन खेलमा

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ