२० असार २०८३, शनिबार । July 4, 2026

जेठ १७ गते बिहीबार दिनभर के–के भयो ?

सन्दीपको भिसा पुनः अस्वीकृत ! किन पाएनन् सन्दीपले भिसा ? तराईका जिल्लाहरुमा गर्मीको कहर ! बजेटप्रति उत्साहित निजी क्षेत्र…


१७ जेष्ठ २०८१, बिहिबार  

84
Shares

सन्दीपको भिसा पुनः अस्वीकृत
क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन फेरि अस्वीकार गरेको छ । बिहीबार काठमाडौंस्थित अमेरिकी दूतावासमा सन्दीप भिसाका लागि अन्तर्वार्ता दिन गएका थिए । तर, उनलाई दूतावासले भिसा दिएन । भिसा नपाएसँगै अमेरिका र वेस्टइन्डिजमा हुने विश्वकप क्रिकेटमा उनी समावेश नहुने पक्का भएको छ । यसअघि पनि उनले भिसा पाएका थिएनन् । त्यसपछि भिसाका लागि परराष्ट्र मन्त्रालयले नै पहल गरेको थियो । तर पनि उनले भिसा पाएनन् ।

सन्दीपले भिसा नपाउनुको कारण के ?
नेपाल क्रिकेट संघ (क्यान)ले सरकारी तवरबाट आवश्यक सबै पहल हुँदा समेत अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएको बताएको छ । क्यानका सचिव पारस खड्काले बिहीबार एक विज्ञप्ति जारी गर्दै संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा संचालन हुन लागेको आइसिसी पुरुष टी– २० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिताका लागि अमेरिकी दूतावासले भिसा नदिएको औपचारिक जानकारी गराएका हुन् । क्रिकेट खेलाडी लामिछानेको भ्रमणका निम्ति कूटनीतिक नोटसहित नेपाल सरकार, परराष्ट्र मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट संघका साथै आईसीसीबाट आवश्यक पहल भएको अवस्था हुँदा समेत अमेरिकी दूतावासले विश्वकप खेल्नका लागि भिसा नदिएको विज्ञप्तिमा उल्लेख छ ।

तराईका जिल्लाहरुमा गर्मीको कहर
बिहीबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको अधिकतम तापक्रम ४४ डिग्री सेल्सियस नाघेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार बिहीबार दिउँसो पौने ३ बजे अधिकतम तापक्रम ४४ दशमलव १ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ३० दशमलव २ डिग्री सेल्सियस मापन गरिएको हो । बुधबार धनगढीको अधिकतम तापक्रम ४३ दशमलव ३ डिग्री सेल्सियस पुगेको थियो । गर्मी अत्याधिक बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ । केही दिनयता तातो हावा चल्न थालेको छ । गर्मी बढेपछि धनगढी उपमहानगरपालिकाले यही २४ जेठसम्म नगरका सबै विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गर्मीकै कारण कैलालीमा एक जनाको ज्यान समेत गएको छ ।

रविको निर्णयमा रामहरीको आपत्ति
ट्राफिक नियम उल्लंघन गरेका व्यक्तिलाई स्वयम्सेवक बनाएर सडकमा खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णयप्रति राज्य व्यवस्था तथा सुशासन समितिले चासो देखाएको छ । बिहीबार समिति सभापति रामहरी खतिवडाले मानव अधिकारको हनन् हुनेगरी नागरिकलाई सडकमा उभ्याउने गृहमन्त्रीको निर्णय गलत भएको बताएका हुन् । सभापति खतिवडाले ट्राफिक स्वयम्सेवकबारे राज्य व्यवस्था समितिले छिट्टै बैठक राख्ने जानकारी पनि दिए । खतिवडाले फेसबुकबाट निर्देशन दिएर नागरिकलाई सडकमा उभ्याउने पद्धति गलत भएको बताएका छन् । गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको अवसरमा १५ जेठमा महिनावारीका बेला महिला ट्राफिक प्रहरी सडकमा खटिनु नपर्ने र ट्राफिक कारबाहीमा परेका व्यक्तिले स्वयम्सेवक बनेर सडकमा काम गर्नुपर्ने निर्णय गरेका थिए । उक्त निर्णय १६ जेठदेखि कार्यान्वयनमा आइसकेको छ ।

बजेटमा स्वीकार्यता बढेको अर्थमन्त्रीको दाबी
अर्थमन्त्री बर्षमान पुनले आर्थिक बर्ष २०८१/८२ को बजेटबाट सकारात्मक प्रतिक्रिया पाएको दाबी गरेका छन् । बिहीबार काठमाडौंमा नाफिजले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले पारदर्शी र तथ्यमा आधारित बजेट ल्याएकाले त्यसमा स्वीकार्यता बढेको बताएका हुन् । उनले बजेट आफूले संघीय संसदमा प्रस्तुत गरे पनि यसमा सबै मन्त्रालय, कार्यालय र निजी क्षेत्रहरुको योगदान रहेको बताए । करका दर हेरफेर गर्दा कसैलाई मर्का परे पनि स्रोत जुटाउनका लागि कर बढाउन बाध्य भएको मन्त्री पुनले बताए । आत्मनिर्भर अर्थतन्त्र राष्ट्र निर्माणका लागि त्यो जरुरी भएको भन्दै उनले केही असन्तुष्टि भए पनि त्यसलाई मान्नैपर्ने उनको भनाई थियो ।

बजेटप्रति उत्साहित निजी क्षेत्र
सरकारले आगामी आर्थिक बर्ष २०८१/८२ का लागि ल्याएको बजेट सन्तुलित रहेको र कार्यान्वयनमा ध्यान दिन निजी क्षेत्रले जोड दिएको छ । नेपाल आर्थिक पत्रकार संघ –नाफिज) ले बिहीबार काठमाडौंमा आयोजित गरेको छलफल कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिले बजेट सन्तुलित आएको बताएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको संकुचनलाई हटाउन सबै सरोकारवाला मिलेर लाग्नुपर्ने बताए । बजेटले निजी क्षेत्रको मागलाई समेट्दै अगाडी बढ्ने बिषय राम्रो भएको बताउँदै उनले अब कार्यान्वयनमा पनि यसलाई समेट्नुपर्ने बताए ।

प्रधानमन्त्रीलाई देशभक्ति मर्दैै गएकोमा चिन्ता !
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रमाधान मेलाले सरकारका नीति, कार्यक्रम र बजेट कार्यान्वयनमा सहयोग पुर्याउने बताएका छन् । विराटनगरमा बिहीबारदेखि सुरु भएको श्रमधान रोजगार मेलाको उद्घाटन समारोहमा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले सम्भावना नै सम्भावना भएको देश भएपनि पछिल्लो समय यहाँ केही हुँदैन भन्ने भाष्यले बिस्तारै नेपालीको देशभक्ति मर्दै जाने हो कि भन्ने चिन्ता बढेको बताए । सार्वजनिक र निजी क्षेत्रको सहकार्यलाई सरकारले उच्च प्राथमिकता दिँदै आएको बताउँदै प्रधानमन्त्री प्रचण्डले गण्डकी, नारायणी र बागमती त्रिभुज आयोजना त्यसको एउटा नमुना भएको पनि बताए ।

कांग्रेस तत्काल सरकारमा जाँदैनः नेता निधि
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले अहिले सरकारमा जाने कांग्रेसको कुनै योजना नभएको बताएका छन् । बिहीबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कांग्रेसले प्रतिपक्षको भूमिका सशक्तरुपमा निर्वाह गर्ने बताए । फरक प्रसङ्गमा नेता निधिले संविधानमा मध्यावधि निर्वाचन तथा संसद् विघटन गर्ने व्यवस्था नभएको उल्लेख गरे । मधेश प्रदेशमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी सहितका दलको सरकार बन्ने सम्भावना बढेर गएको नेता निधिको भनाइ थियो । यसबारे विषयमा छलफल सकारात्मक रुपमा भइरहेको पनि उनले बताएका थिए ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ८ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर