१५ पुस २०८२, मंगलबार । December 31, 2025

जनमत पार्टीले नौलो गणतन्त्र घोषणा गर्दै, कस्ता छन् एजेण्डा ?



काठमाडौं । चन्द्रकान्त राउत (सीके) नेतृत्वको जनमत पार्टीले गणतन्त्र दिवसको अवसरमा नौलो गणतन्त्र आन्दोलन घोषणा गर्दैछ ।

काठमाडौंको भृकुटी मण्डपमा आज एक कार्यक्रमकाबीच आन्दोलनको घोषणा गर्न लागिएको जनमत पार्टीले जनाएको छ । १७औं गणतन्त्र दिवस मनाइरहँदा पनि देशमा आर्थिक समृद्धि र स्थायित्व आउन नसकेको भन्दै जनमत पार्टीले आन्दोलनको घोषणा गर्न लागेको हो ।

देशमा आर्थिक प्रणालीको सुधार, राजनीतिक स्थायित्व र उत्पादकत्व बढाउने व्यवस्थाको लागि नौलो गणतन्त्र आन्दोलनको उद्घोष भएको हो । जनमतले आन्दोलनको घोषणाअघि सांस्कृतिक झाँकीसहित र्‍याली निकाल्ने बताएको छ । बिहान ११ बजे विभिन्न स्थानबाट निस्किने र्‍याली भद्रकाली, शहीद गेट, बीर अस्पताल र रत्नपार्क हुँदै भृकुटी मण्डपमा आयोजित सभामा समावेश हुनेछ ।

उक्त सभालाई जनमत पार्टीका अध्यक्ष डा.सीके राउतसहितका नेताहरुले सम्बोधन गर्दै आन्दोलनको घोषणा गर्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  १० : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई