२० असार २०८३, शनिबार । July 4, 2026

जेठ ८ गते मंगलबार दिनभर के–के भयो ?

प्रधानमन्त्री प्रचण्डको सम्पति कति ? कुन मन्त्री कति धनी ? कांग्रेसलाई ओलीको आग्रह ! कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउ…


८ जेष्ठ २०८१, मंगलबार  

231
Shares

कति छ प्रचण्डको सम्पति ?
सरकारले मन्त्रिपरिषद् सदस्यहरुको मम्पति विवरण सार्वजनिक गरेको छ । सार्वजनिक सम्पति विवरण अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूसँग बंकमा नगद २५ लाख रुपैयाँ रहेको उल्लेख गरेका छन् । प्रतिनिधिसभा सदस्यको हैसियतमा पाएको २५ लाख रुपैयाँ एभरेस्ट बैंक लिमिटेडमा रहेको प्रचण्डले देखाएका छन् । यस्तै सीता दाहालको नाममा चितवनको भरतपुर १४ मा १४ कट्ठा जग्गा रहेको, सीताकै नाममा भरतपुर १२ मा १ कट्ठा अंशबाट प्राप्त भएको उनले जनाएका छन् । यसबाहेक प्रचण्डसँग अन्य सम्पति नरहेको विवरणमा उल्लेख गरिएको छ ।

सबैभन्दा धनी मन्त्रि महासेठको सम्पति कति ?
सरकारले सार्वजनिक गरेको मन्त्रिपरिषद्को सम्पति विवरण अनुसार सबैभन्दा धनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ रहेका छन् । उनको जनकपुर उपमहानगरपालिकामा ४२ वर्गमिटर जग्गा, साढे २ तले घर, ललितपुरको भैसेपाटीमा २ रोपनी १३ आना २ दाम १ पैसा जग्गा र त्यसमा रहेको साढे २ तले घर रहेको छ । यस्तै श्रीमती जुली कुमारी महतोको नाममा धनुषा क्षिरेश्वरनाथमा ७ बिघा ३ कट्ठा जग्गा, सिन्धुलीको कमलामाई नगरपालिकामा ४ कट्ठा जग्गा, ललितपुर महानगरपालिकामा १ रोपनी ७ आना जग्गा, जनकपुरमा ३ कट्ठा जग्गा रहेको छ । यस्तै रघुवीरको नाममा धनुषामा १ बिघा १५ कट्ठा जग्गा रहेको छ । यसबाहेक २ करोड २५ लाख रुपैयाँ, ४३ तोला सुन, १५ किलो चाँदी रहेको विवरणमा उल्लेख गरिएको छ ।

नारायणकाजी श्रेष्ठको सम्पति कति ?
उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको सार्वजनिक सम्पति विवरण अनुसार झण्डै ३८ रोपनी पैतृक जग्गा गोरखामा रहेको उल्लेख गरिएको छ । यस्तै राष्ट्रिय वाणिज्य बैंक सिंहदरबारमा १ लाख २२ हजार १८ रुपैयाँ बचत रहेको देखाएका छन् । यसबाहेक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको बा १ च ५७८ नम्बरको महिन्द्रा गाडी पनि उनले सम्पति विवरणमा राखेका छन् ।

गृहमन्त्री रविको सम्पति कति ?
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्पति विवरण सार्वजनिक गरेका छन् । गृहमन्त्री लामिछानेले मंगलबार आफ्नो सहित श्रीमती निकिता पौडेलको पनि सम्पति विवरण सार्वजनीक गरेका हुन् । हाल काठमाडौं महानगरपालिका वडा नम्बर ६ स्थायी घर भएका गृहमन्त्री लामिछानेले भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पति देखाएका छन् । यस्तै ग्लोबल आइएमई बैंकमा ५ हजार रुपैयाँ, नेपाल बैंक लिमिटेडमा १ लाख ५ हजार रुपैयाँ मात्र लामिछानेले आफ्नो सम्पति देखाएका छन् । यस्तै श्रीमती निकिता पौडेलको माइतीको सगोलमा १ रोपनी जग्गा, ८० तोला सुन, २ केजी चाँदी, गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत शेयर रहेको उल्लेख गरेका छन् ।

अर्थमन्त्री पुनको सम्पति कति ?
अर्थमन्त्री वर्षमान पुनको बैंक खातामा ३३ लाख ७ हजार ६ सय १८ रुपैयाँ रहेको देखिएको छ । मंगलबार सार्वजनिक भएको मन्त्रीहरूको सम्पति विवरणअनुसार पुनसँग चल सम्पत्तिका रूपमा एनएमबी बैंकमा उक्त रकम मौज्दात रहेको उल्लेख छ । यसबाहेक उनीसँग रोल्पामा ८२ वर्गमिटरमा फैलिएको घर रहेको छ । बैंकमा ३३ लाख मौज्दात र रोल्पामा घरबाहेक पुनसँग अरू केही नरहेको बताइएको छ । उनीसँग सुनचाँदी, हिरा जवाहरात र सेयर समेत नरहेको उल्लेख छ । यस्तै पुनसँग पार्टीले दिएको एउटा सवारी साधन छ ।

शिक्षामन्त्री सुमनाको सम्पति कति ?
शिक्षामन्त्री सुमना श्रेष्ठले सार्वजनिक गरेको सम्पति विवरण अनुसार उनको नाममा कुनै घर नभएको उल्लेख गरिएको छ । यस्तै सुमनाको नाममा एनआईसी एसिया बैंक र एभरेस्ट बैंकमा १ करोड ५२ लाख रकम रहेको छ । यता उनीसँग बिहे र हजुरआमाको शेषपछि प्राप्त ११ तोला सुन, बिहेका बेला उपहार पाएको १ तोला चाँदी र १–१ सेट हिराको हार र हिराको टप रहेको सुमनाले उल्लेख गरेकी छन् ।

श्रममन्त्री अर्यालको सम्पति कति ?
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद (डीपी) अर्यालसँग चलअचल सहित करोडौँको सम्पति रहेको सार्वजनिक विवरणमा उल्लेख गरिएको छ । विवरणअनुसार अर्यालकी श्रीमती अम्बिका केसीको नाममा काठमाडौंमा करिब ३ करोड मूल्य बराबरको घर रहेको छ । यस्तै उनको र अम्बिका केसीको नाममा धादिङको गजुरी, काठमाडौंको नागार्जुन, लमजुङको राइनास लगायत विभिन्न १२ ठाउँमा जग्गा रहेको सम्पति विवरणमा उल्लेख छ । यस्तै मन्त्री अर्यालसँग १५ तोला सुन, १ तोला चाँदी र १ तोला हिरा रहेको उल्लेख छ ।

खेलकुदमन्त्री श्रेष्ठको सम्पति कति ?
युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठको सार्वजनिक सम्पति विवरण अनुसार काठमाडौं महानगरपालिका वडा नम्बर २४ इन्द्रचोकमा दुई आना जग्गामा बनेको घर, काठमाडौं महानगरपालिका वडा नम्बर १३ ताहचलमा चार आना जग्गामा बनेको घर रहेको उल्लेख छ । यस्तै उनिसँग १५ तोला सुन, ५ तोला चाँदी रहेको पनि विवरणमा उल्लेख छ । उनले आफ्नो नाममा लुम्बिनी विकास बैंकमा ३५ लाख ३ हजार चार सय सात रुपैयाँ, एभरेष्ट बैंकमा चार सय १८ रुपैयाँ, सिटिजन्स बैंकमा पाँच हजार रुपैयाँ, सिनर्जी कोअपरेटिभ लिमिटेडमा १५ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकमा चार लाख १ हजार आठ सय ४६ रुपैयाँ, नबिल बैंकमा चार हजार ८३ रुपैयाँ र सिनर्जी कोअपरेटिभ लिमिटेडमा तीन लाख ४१ हजार रुपैयाँ जम्मा रहेको उल्लेख गरिएको छ ।

कांग्रेसलाई सम्हालिएर अघि बढ्न ओलीको आग्रह
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सम्हालिनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै ओलीले यस्तो बताएका हुन् । आफूहरूले कांग्रेसलाई पेलेर जाने नभनेको तर गत जेठ ५ गते बेलुकाको सहमति ६ गते कांग्रेसले नै उल्ट्याएर अहिलेको परिस्थिति बनेको उनको भनाइ थियो ।

कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउ
कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । प्रहरीले उनलाई मंगलबार थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको हो । सिरोहियालाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितको टोली कान्तिपुर दैनिकको कार्यालयमै पुगेका थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ७ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर