८ चैत्र २०८२, आइतबार । March 23, 2026

सोमबार २७.५४ अंकले बढ्यो नेप्से परिसूचक


७ जेष्ठ २०८१, सोमबार  

12
Shares

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.५४ अंकको वृद्धि भएको छ ।

कारोबार समयदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा १।३३ प्रतिशतले बढेर बन्द भएको हो । कारोबार अवधिमा परिसूचक बढेर २११९ अंकसम्म पुगेको थियो । यससँगै पछिल्लो दुई दिनमा नेप्से परिसूचक ७२ अंकको वृद्धि आएको छ । यसक्रममा सोमबार १३५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १०७ कम्पनीको सेयर मूल्य घटेको छ ।

यस्तै ४ कम्पनीको सेयर मूल्य स्थिर छ । परिसूचक बढ्दा सोमबार ५ अर्ब ८५ करोड रुपैयाँ बराबरको १ करोड ४३ लाख ७० हजार कित्ता सेयर किनबेच भएको छ । सोमबार तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था, बुद्धभूमि नेपाल हाइड्रोपावर र भगवती हाइड्रोपावर विकास कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

यसबाहेक नेरुडे मिरमिरे लघुवित्त, बाराही हाइड्रोपावर र एनआईसी एसिया बैंकको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको वृद्धि आएको छ । कारोबारमा आएका १३ समूहमध्ये ५ समूहमा गिरावट आएको छ । सोमबार वित्त समूह, जीवन बीमा समूह, उत्पादनमूलक समूह, लघुवित्त समूह र निर्जीवन बीमा समूहको सूचक घटेको हो ।

यसबाहेक बैंक, विकास बैंक, होटल तथा टुरिजम, जलविद्युत, लगानी, म्यूचुअल फण्ड, अन्य र व्यापार समूहको सूचक बढेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  ४ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो