१८ माघ २०८१, शुक्रबार । February 1, 2025

संसद्मा कांग्रेसको व्यवहार इतिहासमा कलङ्कका रुपमा स्थापित हुनेछः प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिने सहज वातावरण नबनाएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले असंसदीय व्यवहार प्रदर्शन गरेको बताए ।

प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावको छलफलमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले सदनमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्षी दलले अवरोध गरेकामा चिन्ता व्यक्त गर्दै प्रतिपक्षी कांग्रेसले गरेको उक्त कार्य गलत भएको टिप्पणी गरे । “विपक्षीलाई समेत सहमतिकमा लिएर आफू अगाडि बढ्न खोजिरहेको अवस्थामा तपाईंहरुले जुन खालको व्यवहार प्रदर्शन गर्नुभएको छ, यो गलत गर्नुभएको छ भन्ने मलाई लागेको छ ।

इतिहासमा जुन प्रधानमन्त्रीले तपाईंहरुलाई साथ दियो, त्यही प्रधानमन्त्रीलाई यस प्रकारको व्यवहार गर्नुभएको छ, यो घटना संसदीय इतिहासमा कलङ्कका रुपमा स्थापित हुनेछ”, प्रधानमन्त्री दाहालले भने । उनले आफूलाई विश्वासको मतसम्बन्धी प्रस्तावमा समर्थन गर्ने नेकपा (एमाले)सहित अन्य दल र सांसदलाई धन्यवाद दिए ।

प्रमुख प्रतिपक्षीको अवरोधका बीच विश्वासको मतसम्बन्धी प्रस्तावलाई मत विभाजनको प्रक्रियाबाट टुङ्गो लगाइँदैछ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  १ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल कबड्डी लिग पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले जित्यो

काठमाडौं । नेपाल कबड्डी लिगको पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरमा कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागु

तनहुँमा बस दुर्घटना, १ जनाको मृत्यु १४ जना घाइते

कास्की । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा एक यात्रुवाहक बस

त्रिदेशीय महिला टी २० सिरिजः नेदरल्यान्ड्समाथि थाइल्यान्डको सहज जित

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय टी २० महिला

रास्वपा सांसदहरुले १५ मिनेटका लागि बहिष्कार गरे संसद् बैठक

काठमाडौं । सभामुखले आकस्मिक समयमा बोल्न नदिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका