२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

किसानलाई हत्ते, बालीमा फौजी र औँसाको सङ्क्रमण



म्याग्दी । लामो समयको खडेरीपछि परेको लगातारको वर्षाका कारण म्याग्दीमा लगाइएको मकैखेती र फलफूलमा रोग तथा कीराको सङ्क्रमण देखिएको छ ।

खडेरीका कारण यस वर्ष गहुँ उत्पादनमा कमी आएपछि चिन्तित बनेका किसान मकै छर्ने समयमा पानी नपरेपछि उत्पादन हुने सबै ठाउँमा खेती गर्न सकेका छैनन् । खडेरीमा छरिएको मकै पानी परेपछि निकै ढिलोगरी उम्रेका र ती बिरुवामा पनि डडुवा र फौजी कीराको सङ्क्रमण देखिन थालेपछि किसान चिन्तित बनेका हुन् ।

मालिका–६ का किसान वीरबहादुर विश्वकर्माले मकैबालीका साथै फलफूल, तरकारी र कोसेबालीमा समेत औँसा र फौजी कीराको सङ्क्रमण देखिन थालेको बताए । जिल्लाको मालिका, मङ्गला, रघुगङ्गा, धवलागिरि र अन्नपूर्ण गाउँपालिकालगायत बेनी नगरपालिकाका विभिन्न ठाउँमा गरिएको मकैखेतीमा रोगको सङ्क्रमण देखिएको स्थानीय तहका कृषि प्राविधिकले बताएका छन् ।

यहाँका किसानले लगाएको फलफूलमा औँसा, केरामा खपटे, गवारो र मकैबालीमा फौजी कीराको सङ्क्रमण प्रकोप देखिएको मालिका–१ निस्कोटका कृषक तीर्थबहादुर पुनले बताए । उनका अनुसार सुन्तला र केराखेतीमा पनि सङ्क्रमण देखिन थालेको छ ।

फूल फुलेर बतिला लाग्न थालेका सुन्तला, बारीभरि फलेका काँक्रा, घिरौँला, गोलभेँडालगायत तरकारी तथा फलफूलमा औँसा, घोगा लाग्न थालेका मकैमा फौँजी र केरा खेतीमा खपटे कीराको सङ्क्रमण देखिएपछि किसान चिन्तित बनेका मङ्गाला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए ।

प्रायःफल पाकेर टिप्ने बेलामा देखिने औँसा कीराको सङ्क्रमण बतिलामै देखिएपछि किसान उत्पादन घट्नेमा चिन्तित छन् । किसानले लगाएका काँक्रा र पाक्न लागेका आरु, आरुपखडामा पनि औँसा कीराको सङ्क्रमण भेटिएको उनको भनाइ छ ।मकैबालीमा अमेरिकन फौजी कीरा र गोलभेँडामा सेतो ढुसीको समस्या देखिएको म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कीराको सङ्क्रमणलाई थप फैलिन नदिन किसानलाई सचेत गराइएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रकाअनुसार कृषि प्राविधिकले सिफारिस गरेका मकैको जातका आधारमा सोहीअनुसारको उपचार विधि र विषादी किसानलाई उपलब्ध गराइएको छ ।

गोलभेँडामा लागेको डढुवाको समस्याले व्यावसायिक किसान मर्कामा परेका मङ्गला–५ का किसान विक्रम सेनले बताए । उनका अनुसार जिल्लाका अधिकांश स्थानमा लगाइएका मकै, फलफूल तथा तरकारीखेतीमा विभिन्न सङ्क्रमणले क्षति पुर्‍याएको छ ।

निस्कोट, रणबाङ, ज्यामरुककोट, बाबियाचौर, अर्मन, रत्नेचौर, रुम, देविस्थानलगायत क्षेत्रका किसानले लगाएको मकैबालीमा फौजी कीराको सङ्क्रमण अत्यधिक देखिएको केन्द्रले जनाएको छ । घोगा हाल्न लागेका मकैका बोटमा फौजी कीराको आक्रमण बढी भएकाले बोट नै सकिन थालेको मङ्गला–२ का प्रताप सापकोटाले बताए ।

उनका अनुसार विषादीलेसमेत कीराको आक्रमण रोकिन सकेको छैन । बगरफाँट, खबरा, भकिम्ली, बाबियाचौरका किसानले लगाएका सयौँ रोपनी जमिनको मकै बालीमा फौजी कीराको सङ्क्रमण देखिएको भन्दै कतिपय ठाउँमा विषादीलेसमेत समस्या समाधान नभएको कृषि प्राविधिक बानियाँले जानकारी दिए ।

कीराको सङ्क्रमण नियन्त्रण गर्न किसानलाई प्राविधिक सेवा र विषादी निःशुल्क उपलब्ध गराइँदै आइएको उनले बताए । यहाँका किसानले परम्परागतरुपमा लगाउँदै आएका मकैबालीमा फौजी कीराको आक्रमण बढी छ । जिल्लाको ज्यामरुकोट क्षेत्रमा भने मकैका बोट उम्रन थालेदेखि नै फौजी कीराको आक्रमण बढेकाले बोट जोगाउनै मुस्किल परेको कृषि प्राविधिक बानियाँले बताए ।

प्रायः सुक्खा मौसममा देखिने फौजी कीरा पछिल्लो समय वर्षा भइरहँदा पनि देखिन थालेका कृषि प्राविधिक बताउँछन् । फौजी कीराले मकैको पातमा लाम्चा आकारका झिल्लीमात्र छाडेर मकैको पातलाई कोतरेर खानका साथै घोगा, पात, जुँगा र गुभोमा पनि क्षति पुर्‍याउने बानियाँले बताए । जिल्लामा व्यावसायिकरुपमा गरिएको केरा र आलुखेतीमा पनि सङ्क्रमण देखिन थालेकाले सबै समयमै सचेत भई समाधानका उपाय खोज्नुपर्ने उनको भनाइ छ ।

डढुवा रोगका कारण आलुका बोट सुक्न थालेपछि किसानले औषधि प्रयोग गर्न थालेका छन् । कतिपय ठाउँमा औषधि प्रयोग गरे पनि सङ्क्रमण कम नभएको बगरफाँटका कृषक खीमबहादुर कार्कीले बताए । किराका साथै रातो कमिलासमेत देखिन थालेको उनको भनाइ छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  १ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको