२१ असार २०८३, आइतबार । July 5, 2026

जेठ ४ गते शुक्रबार दिनभर के–के भयो ?

ज्ञानेन्द्र शाहीको गर्जन ! बन्धक बनेको संसद् ! केपी ओलीको गुनासो ! अडानबाट पछि हटेन् कांग्रेस ! कोशी सरकार विस्तार ! कीर्तिपुरमा ग्याङफाइट…


४ जेष्ठ २०८१, शुक्रबार  

78
Shares

कोशी सरकार विस्तार
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीपरिषद् विस्तार गरको छन् । शुक्रबार ५ मन्त्री र दुई राज्यमन्त्री थप्दै मुख्यमन्त्री कार्कीले १० सदस्यीय मन्त्रीमण्डल बनाएका हुन् । २७ वैशाखमा मुख्यमन्त्री बनेका कार्की नेतृत्वको सरकारमा दुई जना विनाविभागीय मन्त्री थिए । शुक्रबार पाँच मन्त्री र दुई राज्यमन्त्री थपेर कार्यविभाजन समेत गरिएको छ । शुक्रबार एमालेबाट एकराज कार्की, पाँचकर्ण राई र लिलावल्लभ अधिकारी मन्त्री नियुक्त भएका छन् । माओवादी केन्द्रबाट नारायण बुर्जा मगर र राजेन्द्र कार्की मन्त्री बनेका छन् । त्यसैगरी एमालेबाट सिर्जना राई र माओवादी केन्द्रबाट बन्दना झागड राज्यमन्त्री बनेका छन् । यसअघि एमालेबाट राम राना र माओवादी केन्द्रबाट गणेश उप्रेती मन्त्री नियुक्त भएका थिए ।

बन्धक बनेको प्रतिनिधिसभा
प्रतिनिधि सभाको बैठक ६ जेठसम्मका लागि स्थगित भएको छ । संसद् सचिवालयका अनुसार अर्को बैठक ६ गते बिहान ११ बजे बस्ने छ । शुक्रबार बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । दलहरूबीच सहमति हुन नसकेपछि २ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो । २ बजे पनि बैठक बस्न नसकेपछि संसद् सचिवालयले आजको बैठक स्थगित गरेको हो । संसदीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गर्दै आइरहेको छ ।

गृहमन्त्री विरुद्ध सदनबाट सडकमा ओर्लियो कांग्रेस
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सहकारी ठगीमा गहृमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै संसद भवन अगाडि प्रदर्शन गरेको छ । नेपाल विद्यार्थी संघका कार्यकर्ताले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै प्रदर्शन गरेको थिए । प्रदर्शन गर्ने नेविसंघका ११ जना नेता कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ समेत गरेको थियो ।

गृहमन्त्रीलाई संसद्मा बोल्न दिनुपर्ने लाइनमा राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिनिधिसमा बैठकमा बोल्न दिनुपर्ने माग राखेको छ । शुक्रबार सभामुख देवराज घिमिरेले नयाँ बानेश्वस्थित संसद् भवनको कार्यकक्षमा दलका प्रमुख सचेतक र सचेतकहरुसँगको छलफलमा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले यस्तो बताएका हुन् । गृहमन्त्रीले बोल्न पाउनुपर्छ भन्दा आफूहरु छानबिन समितिको मागबाट पछि नहटेको समेत उनको तर्क थियो ।

कहिले खुल्छ गिरीबन्धु टी–इस्टेटको फाइल
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गिरीबन्धु टी–इस्टेटको फाइल खोल्न माग गरेका छन् । सहकारी प्रकरणमा आफूमाथि लागेको आरोप पन्छाउन अन्य भ्रष्टाचारका फाइल खोल्ने भनेर बार्गेनिङ नगर्न गृहमन्त्री रवि लामिछानेलाई उनको सुझाव छ । उनले बार्गेनिङ नगरेर सबैखाले भ्रष्टाचारको फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई आग्रह समेत गरेका छन् ।

ओलीको गुनासोः कांग्रेसले संसद्मा असभ्य ब्यावहार गर्यो
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा नेपाली कांग्रेसले असभ्य व्यवहार गरेको बताएका छन् । बिहीवारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको व्यवहार असभ्य भएको उनको भनाई थियो । बिहीवारको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न सभामुख देवराज घिमिरेले समय दिएसँगै कांग्रेसले रोष्टममा जान नदिएपछि अध्यक्ष ओली स्वयं नै उठेर रोष्टममा जान इसारा गरेका थिए । अध्यक्ष ओलीको इसारापछि उपसभापति गुरुङले ओलीको नजिकै आएर औंला ठड्याउँदै चर्को स्वरमा नारा लगाएको दृश्य देखिएको थियो ।

कीर्तिपुरमा ग्याङफाइट, ९ जना पक्राउ
कीर्तिपुर नगरपालिका–१० नयाँबजारमा दुई समूहबीच ग्याङ फाइट भएको छ । ग्याङ फाइटमा खुकुरी प्रहार हुँदा एक जना घाइते समेत भएका छन् । खुकुरी हानाहान गरेको आरोपमा ९ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ पर्नेहरुमा अछामको बिरपद गाउँपालिका–१ घर भई कीर्तिपुर बस्दै आएका २७ वर्षीय मोहन खड्का, अछाम कमलबजार–१ घर भइ गट्ठाघर बस्दै आएका २१ वर्षीय धु्रवबहादुर विष्ट, बझाङको दुर्गाथली गाउँपालिका–७ घर भइ पुतलीसडक बस्दै आएका २० वर्षीय उपेन्द्र सिंह, बझाङको खप्तड गाउँपालिका–५ घर भइ मैतीदेवी बस्दै आएका २१ वर्षीय सुदिप गिरी छन् । त्यसैगरी अछामको रामारोशन गाउँपालिका–७ घर भइ रातोपुल बस्दै आएका २३ वर्षीय नवीन भनिने नृप भण्डारी, बैतडीको पुरचौडी नगरपालिका–१ घर भएका २७ बर्षीय जयन्त धानुक, कैलालीको गैरीगंगा नगरपालिका–५ घर भइ नयाँ बानेश्वर बस्ने २० वर्षीय तेज थापा, गैरीगंगा–९ घर भइ च्यासल बस्ने २२ वर्षीय तपेन्दराज्र खाती र बझाङको थलगा गाउँपालिका घर भइ बानेश्वर बस्दै आएका २१ वर्षीय सुनिल रोका रहेका छन् ।

न्यायपालिका सुदृढीकरणमा प्रधानमन्त्रीको जोड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिकाको सुदृढीकरण र बारलाई अझ सक्षम बनाउनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । १६ औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनलाई शुक्रबार काठमाडौंलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले न्यायपालिकाको पुनः संरचना, संविधानको कार्यान्वयनमा सरकार क्रियाशील रहँदै आएको स्पष्ट पारे । लोकतन्त्र र कानुनको शासन सभ्य समाजको पहिचान भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले न्यायपालिकाले कानुनी शासनको रक्षा गर्नुपर्ने समेत बताए ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  ७ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर