४ असार २०८३, बिहिबार । June 18, 2026

के यहाँलाइ थाहा छ ? मधुमेहका कारण आँखाको ज्योती गुम्न सक्छ !



काठमाडौं । डायबेटिक रेटिनोप्याथी मधुमेहका कारण हुने जटिलता हो जसले आँखालाई असर गर्दछ ।

यो जटिलता दृष्टि पर्दा (रेटिना)मा रहेको रक्तनलीहरुको क्षतिका कारण हुने गर्दछ । रगतमा चिनीको मात्रा धेरै हुँदा रेटिनालाई पोषण दिने स–साना रक्तनलीहरू अवरुद्ध हुन सक्छन् र रगतको आपूर्ति बन्द हुन सक्छ । फलस्वरूप, आँखाले नयाँ रक्तनलीहरू हुर्काउने प्रयास गर्दछ । तर यी नयाँ रक्तनलीहरू राम्रोसँग विकसित हुँदैनन् । जसले निम्त्याउछ डाइवेटिक रेटिनोप्याथी ।

यसका लक्षणहरु:
१.आँखाको दृष्टि बिस्तारै कम हुँदै जाने
२.कुनै ठाउँ वा वस्तु हेर्दा कालो बस्तु तैरिरहेको आकार देखिने
३.रंगहरु फिका वा धोएको जस्तो अथवा रंगमा थोप्ला जस्तो देखिने
४.रातको समयमा दृष्टि कम हुने
५.आँखा रातो हुने
६.दृष्टिमा कहिले काहीँ कुनै समस्या विना नै क्षति हुने

के मधुमेह भएको सबैलाई डाइबेटिक रेटिनोप्याथी हुन्छ ?
मधुमेह भएको समय अवधि तथा सुधार, नियन्त्रणको अवस्था, मधुमेह सँगसँगै चुरोट खाने व्यक्ति, मिर्गौलामा समस्या भएका, उच्च रक्तचाप भएका, कोलेस्ट्रोल बढी भएका व्यक्तिमा यो समस्या देखिने सम्भावना बढि हुन सक्छ ।

पछिल्लो समय मानिसहरु खराब दिनचर्या, अस्वस्थकर खानपान, शारीरिक र मानसिक परिश्रम पछिको अनिद्रा, तनाव लगायत विविध कारण अनेक रोगको सिकार बन्ने गरेका छन् । त्यस मध्य व्याप्त रहेको एक दिर्घ रोग हो मधुमेह । यसको अतिनै नराम्रो पक्ष छ, अन्य रोगको पनि शिकार बनाउनु जसबारे धेरै कम मानिसहरु जानकार हुन्छन् । मधुमेह रोगले मुर्गौला, मुटु, मस्तिस्क र आँखामा पनि हानी पुर्याउन सक्छ भन्ने कुरा अवगत हुन जरुरी छ । पहिले ४० वर्षको उमेरदेखि देखिने मधुमेह हाल बच्चामा समेत देखिन थालेको छ । जसरी मधुमेह बढिरहेको छ त्यसैगरी डाइबेटिक रेटिनोप्याथी पनि बढ्दो क्रममा छ । कतिपयमा लक्षण नदेखिएको भएपनि मधुमेह भइरहेको हुन्छ । केही भएको छैन भन्दाभन्दै भित्रभित्रै आँखाको पर्दामा असर गरिसकेको हुन्छ । कतिले त डाइवेटिक रेटिनोप्याथी भएपछि मात्र आफुलाई मधुमेह छ भन्ने कुरा थाहा पाउने गरेका छन् । जसकारण उपचार कठिन बन्न जान्छ ।
उपचार र विकल्पहरु
१.मधुमेहको नियन्त्रण (खानपान, औषधीको उचित प्रयोग, व्यायाम, तनाव व्यवस्थापन आदि)

२.लेजर पद्धति (Laser Photocoagulation): यस पद्धतिमा दृष्टि पर्दाको मुख्य भागमा रक्तसन्चार बढाएर नयाँ रक्तनलीहरु बृद्धि हुनबाट रोक्न तथा जम्मा भएको तरल पदार्थहरु कम गर्न लेजरको प्रयोग गरिन्छ ।

३.Anti-VEGF इन्जेक्सन: यस बिधिमा दृष्टि पर्दाको मुख्य भागमा (Macular Edema) तरल पदार्थ जम्मा भएर सुन्निने, नयाँ रक्तनलीहरु पलाउने जस्ता कारण दृष्टि कम भएको खण्डमा रोकथामको लागि इन्जेक्सन प्रयोग गरिन्छ ।

४.दृष्टि पर्दाको शल्यक्रिया (Vitreo-Retinal Surgery ): आँखा भित्र पुर्ण रुपले रगत जम्ने, नयाँ रक्तनली सँगै झिल्लीहरु (Fibro vascular proliferation) पलाउने र तानिएको पर्दा फाट्ने (Tractional Retinal Detachment) जस्ता समस्याहरुको उपचार भिट्रेक्टोमी शल्यक्रिया बाट गरिन्छ जसलाई (Pars Plana Vitrectomy Surgrey) भनिन्छ ।

मधुमेह भएपछि धेरैले यसको उपचार गराइरहेका हुन्छन् तर आँखा जँचाउनु पर्छ भन्ने थाहासम्म पनि हुँदैन । सुरुमा, डाइवेटिक रेटिनोपैथीले कुनै लक्षण हरू वा केवल हल्का दृष्टि समस्याहरू मात्र हुन सक्छ । तर यसले अन्धोपन समेत निम्त्याउने खतरा रहन्छ । त्यसैले मधुमेह भएका हरेक व्यक्तिले कम्तीमा वर्षमा एकपटक आँखाको रेटिना परीक्षण गर्न जरुरी हुन्छ । फेरि आँखा जाँच भन्ने वित्तिकै हामीले दृष्टि क्षमता वा चस्मा जाँच मात्रै भन्ने बुझेका छौँ । तर त्यतिले मात्र पुग्दैन । यसमा विशेषगरी आँखाको पर्दा ठिक भए नभएको थाहा पाउन नानी फुलाएर विशेष जाँच गराउनु पर्छ । अथवा डाक्टरको सल्लाह अनुसार जाँच गर्न सकिन्छ ।

मधुमेहका कारण आँखामा देखिने अन्य समस्याहरु:
१.मोतिविन्दु
२.जलविन्दु
३.आँखामा बारम्बार आनो आउने
४.अन्य संक्रमणहरु बारम्बार हुने

Verified By Dr. Sujal Shrestha, MD Ophthalmology

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ७ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा