१९ माघ २०८१, शनिबार । February 1, 2025

राष्ट्रपतिको सम्बोधनमा अवरोध नगर्न कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह



काठमाडौं । संसद्मा आज प्रस्तुत हुने नीति तथा कार्यक्रममा सहयोग गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।

मंगलबार बिहान संसद्को अवरोध खुलाउने बिषयमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको सम्बोधनमा सहयोग गर्न आग्रह गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । साथै प्रमुख सचेतक लेखकले सहकारी समस्या समाधान गर्न प्रधानमन्त्री प्रचण्ड सकारात्मक रहेको समेत बताएका छन् ।

संसदीय दलको बैठकअघि प्रधानमन्त्रीसँग छलफलका लागि कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुगेका थिए। कांग्रेस संसदीय दलको बैठक पनि आज बिहान बस्दै छ ।

कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  १० : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अमेरिकामा फेरी अर्को विमान दुर्घटना, ६ जनाको मृत्यु

एजेन्सी । ६७ जनाको ज्यान जानेगरि भएको भयानक विमान दुर्घटनाको

नेपाल कबड्डी लिग पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले जित्यो

काठमाडौं । नेपाल कबड्डी लिगको पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरमा कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागु

तनहुँमा बस दुर्घटना, १ जनाको मृत्यु १४ जना घाइते

कास्की । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा एक यात्रुवाहक बस

त्रिदेशीय महिला टी २० सिरिजः नेदरल्यान्ड्समाथि थाइल्यान्डको सहज जित

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय टी २० महिला