८ चैत्र २०८२, आइतबार । March 23, 2026

सोमबार २४ दशमलव ३९ अंकले बढ्यो नेप्से


३१ बैशाख २०८१, सोमबार  

9
Shares

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज नेप्से २४ दशमलव ३९ अंकले विद्धि भएको छ ।

कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा १.२३ प्रतिशतले बढेर १९९८ अंकमा पुगेर रोकिएको हो । यसक्रममा सोमबार १४८ वटा कम्पनीको मूल्य बढेको छ । यस्तै ८५ कम्पनीको मूल्य घट्दा ११ कम्पनीको भने स्थिर छ । परिसूचकमा उत्साहजनक वृद्धि आउँदा ६ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सोमबार नारायणी डेभलपमेन्ट बैंक, समाज लघुवित्त, माण्डु हाइड्रोपावर, सृजनशील लघुवित्त, हिमालयन ऊर्जा विकास कम्पनी र गुराँस लघुवित्तको सेयर मूल्य सकारात्मक सर्किट लागेको हो । सोमबार सीवाईसीएल लघुवित्तको सेयर मूल्य भने ५.६५ प्रतिशतले घटेको छ । नेप्से सूचक दोहोरो अंकले बढ्दा आज ३ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको ९५ लाख ४१ हजार कित्ता सेयर किनबेच भएको छ । यसक्रममा ५ समूहको सेयर सूचक भने घटेको छ ।

वित्त, होटल र टुरिजम, उत्पादनमूलक, निर्जीवन बीमा समूह र व्यापार समूहमा गिरावट आएको हो । यसबाहेक सबैभन्दा धेरै जीवन बीमा समूहको सूचक बढेको छ । यो समूहको सूचक ५० अंकले बढेको छ । यसपछि बैंक समूहको सूचक ३२ अंकले बढ्दा लघुवत्त समूहमा ३० अंकको वृद्धि छ ।

जेठ महिनादेखि बैंकको ब्याजदर घट्ने, उत्साहजनक पछिल्लो आर्थिक तथा वित्तीय सूचक र ब्रोकर कमिसन घट्ने भएपछि सूचक बढ्न थालेको हो ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ३ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो