२८ चैत्र २०८२, शनिबार । April 11, 2026

मानव तस्करीको आरोपमा तीन जना पक्राउ


३१ बैशाख २०८१, सोमबार  

6
Shares

काठमाडौं । अमेरिका र क्यानडा लैजाने भन्दै मानव तस्करी गरी ठगी गर्ने गरेको अभियोगमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मुख्य गिरोहका तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँको ऋषिङग गाउँपालिका–२ का ४८ वर्षीय जङ्गबहादुर विक (बराल), सोही ठाउँका ४३ वर्षीय विष्णुबहादुर बराली तथा ओखलढुङगा खिजिदेम्बा गाउँपालिका–२ का ४८ वर्षीय जगतबहादुर तामाङ रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

उनका अनुसार परेकाहरुले अमेरिका, क्यानडालगायतका मुलुकहरुमा रु चार लाखभन्दा बढीको आकर्षक तलब हुने प्रलोभनमा पारी अमेरिकाका जानका लागि प्रतिव्यक्ति रु ४० देखि ५० लाख र क्यानडा जानका लागि प्रतिव्यक्ति रु २२ देखि ३० लाखसम्म गरी १० जनाबाट रु पाँच करोड ५० लाख रकम ठगी गरेका थिए । उनीहरु नेपालमा टासी शेर्पा, ङिमवुटी शेर्पा र निमा शेर्पालाई एजेन्टका रुपमा प्रयोग गरी भारतको नयाँ दिल्लीमा बसेर सङ्गठित रुपमा मानव तस्करी एवम् ठगीमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेकाहरुलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कञ्चनपुर गड्डाचौँकी नजिक लुकीछिपी बसेको अवस्थामा आइतबार पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ३ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व