२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

मानव तस्करीको आरोपमा तीन जना पक्राउ



काठमाडौं । अमेरिका र क्यानडा लैजाने भन्दै मानव तस्करी गरी ठगी गर्ने गरेको अभियोगमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मुख्य गिरोहका तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँको ऋषिङग गाउँपालिका–२ का ४८ वर्षीय जङ्गबहादुर विक (बराल), सोही ठाउँका ४३ वर्षीय विष्णुबहादुर बराली तथा ओखलढुङगा खिजिदेम्बा गाउँपालिका–२ का ४८ वर्षीय जगतबहादुर तामाङ रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

उनका अनुसार परेकाहरुले अमेरिका, क्यानडालगायतका मुलुकहरुमा रु चार लाखभन्दा बढीको आकर्षक तलब हुने प्रलोभनमा पारी अमेरिकाका जानका लागि प्रतिव्यक्ति रु ४० देखि ५० लाख र क्यानडा जानका लागि प्रतिव्यक्ति रु २२ देखि ३० लाखसम्म गरी १० जनाबाट रु पाँच करोड ५० लाख रकम ठगी गरेका थिए । उनीहरु नेपालमा टासी शेर्पा, ङिमवुटी शेर्पा र निमा शेर्पालाई एजेन्टका रुपमा प्रयोग गरी भारतको नयाँ दिल्लीमा बसेर सङ्गठित रुपमा मानव तस्करी एवम् ठगीमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेकाहरुलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कञ्चनपुर गड्डाचौँकी नजिक लुकीछिपी बसेको अवस्थामा आइतबार पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ३ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको