२६ बैशाख २०८३, शनिबार । May 9, 2026

सट्टेबाजीमार्फत दुई अर्बभन्दा बढीको कारोबार गर्ने पक्राउ


३१ बैशाख २०८१, सोमबार  

3
Shares

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विश्वमा सञ्चालन हुने विभिन्न खेलहरुमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ, वानएक्स बेट, जुवा ३६५ तथा क्रिफ्टोमार्फत रु दुई अर्ब एक करोडभन्दा बढीको कारोबार गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डदेपुर नगरपालिका–८ घर भई हाल भक्तपुर सूर्यबिनायक नगरपालिका–२ बस्ने २४ वर्षीय अनिल ढुङ्गाना रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

उनले भने, “ढुङगानाले ५५ वटा बैंक खातामार्फत उक्त कारोबार गरेको पाइएको र निजले वानएक्स बेट, जुवा ३६५ जस्ता अनलाइन बेटिङ वेबसाइटको प्रयोग गरी रु दुई अर्ब एक करोडभन्दा बढीको कारोबार गरेको खुलेको छ ।” यसैगरी निजसँग विभिन्न व्यक्तिका नाममा रहेका मोबाइल नम्बरबाट ११ वटा कनेक्ट आईपीएस, १५ वटा ईसेवा वालेटमा लिङ्क गरिएका ५६ वटा बैंकमा हालसम्म रु दुई अर्ब एक करोड १८ लाख ४४ हजार कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट भेटिएको प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले बताए ।

बिनान्समार्फत दुई वटा खाता प्रयोग गरेर विभिन्न दुई सय ४३ प्रकारका क्रिप्टोकरेन्सीमा हालसम्म नेपाली रु एक अर्ब ३४ करोड कारोबार गरेको भेटिएको जानकारी दिइएको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ३ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Embassy of Russia in Nepal Marks Victory Day Celebration in Kathmandu

Kathmandu- The Russian Embassy celebrated the Victory Day with great

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक