२१ मंसिर २०८२, शनिबार । December 6, 2025

भारतमा लोकसभाको चौथो चरणको मतदान सुरु



एजेन्सी । भारतको तल्लो सदन लोकसभाको चौथो चरणको मतदान सुरु भएको छ ।

भारतीय निर्वाचन आयोगका अनुसार, बिहान ७ बजेदेखि सुरु भएको चुनावमा संसदका ९६ स्थानका लागि आज मतदान हुँदैछ । साथै आन्ध्र प्रदेश राज्यको १७५ सदस्यीय विधान सभा र ओडिसा राज्यको २८ सदस्यीय विधान सभाका लागि पनि आजै मतदान हुँदैछ ।

लोकसभाको ९६ स्थानमध्ये आन्ध्र प्रदेशका २५, तेलाङ्गानाका १७, उत्तर प्रदेशका १३, महाराष्ट्रका ११, मध्यप्रदेशका आठ, पश्चिम बंगालका आठ, बिहारका पाँच, झारखण्ड र ओडिसाका चार चार तथा जम्मु काश्मिरका एक स्थानमा चुनाव हुँदैछ । निर्वाचन आयोगका अनुसार यस चरणमा कूल एक हजार ७१७ उम्मेदवार चुनावी मैदानमा छन् ।

यस चरणको चुनावमा एआइएआइएमका प्रमुख असासुद्दीन ओवैसी, समाजवादी पार्टीका अध्यक्ष अखिलेख यादव, पश्चिम बंगाल काँग्रेसका प्रमुख अधिररञ्जन चौधरी, टिएमसीका नेता महुआ मोइत्रा, भाजपाका नेता गिरिराज सिंह, जनता दल युनाइटेडका राजीव रञ्जन सिंह ९ललन सिंह०, टिएमसीका नेता शत्रुघ्न सिन्हा र खेलाडी युसुफ पठान मुख्य प्रतिस्पर्धी छन् ।

तेस्रो चरणको मतदानसम्म २८३ स्थानको चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भइसकेको छ । भारतको लोकसभामा ५४३ स्थान छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ११ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको