१७ आश्विन २०८१, बिहिबार । October 3, 2024

वैशाख ३० गते आइतबार दिनभर के–के भयो ?

सहकारी प्रकरणः प्रचण्डमाथि नैतिक प्रश्न ! प्रचण्ड–रवि टकराव ! संसदीय दौडमा विप्लव पनि ! ढल्दै मधेश प्रदेश सरकार ! आफ्नै रेकर्ड तोडेका कामीरिता ! गायक रवि पक्राउ…



प्रचण्डतिर सोझियो सहकारी प्रकरणको तिर
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई प्रधानमन्त्रीले भगाएको भनेर दिएको अभिव्यक्ति गम्भिर भएको भन्दै प्रधानमन्त्रीलाई कारबाही गर्नुपर्ने बताएका छन् । आइतबार सभामुख र दलका प्रमुख सचेतकबिचको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । यदी गृहमन्त्रीले बोलेको कुरा साँचो हो भने अपराधीलाई भगाउने प्रधानमन्त्रीलाई पक्राउ पुर्जी जारी गर्नुपर्ने उनको माग छ ।

प्रचण्ड–रवि टकराव
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जीबी राईलाई अघिल्लो सरकारले भगाएको गृहमन्त्रीको दाबीको खण्डन गरेका छन् । भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले संसदको गतिरोध अन्त्यका लागि पहल भइरहेको बताए । कांग्रेससँग आइतबार बिहान सकारात्मक सम्वाद भएको भन्दै उनले यदि भोलि साँझसम्म सहमति नभएपनि कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपतिलाई रोक्छ भन्ने नलागेको समेत बताए । साथै प्रचण्डले सहकारीको वचत हिनामिना गरेको आरोप लागेका जीबी राईलाई पक्राउ गरेर ल्याउने प्रयास भइरहेको पनि बताए ।

सरकारलाई गलाउने रणनीतिमा कांग्रेस
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको अडानमा कायमै छ । आइतबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका प्रमुख सचेतकको बैठकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आफ्नो पुरानो अडान कायमै रहेको बताएका हुन् । साथै उनले सोमबार दिउँसोसम्म सरकारले संसदीय छानबिन समिति गठन गर्ने कुरालाई अगाडि ल्याएर आउने विश्वास समेत व्यक्त गरेका छन् ।

सत्तारुढ र प्रतिपक्षको आ–आफ्नै अडान
सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले आत्महत्या नै गर्छु भनेपनि छानबिन समिति गठन नहुने बताएका छन् । प्रमुख सचेतक बर्तौलाले आइतबार सभामुखसँगको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेसको यो माग पुरा गर्न असम्भव रहेको बताएका थिए । कांग्रेसको मागअनुसार गए सहकारी पीडितले न्यायसमेत नपाउने दाबी गरे ।

संसदीय छानबिन समिति उपयुक्त छैन्ः कानुनमन्त्री
कानुनमन्त्री पदम गिरीले सहकारी ठगीमा संसदीय छानबिन समिति उपयुक्त नभएको बताएका छन् । आइतबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका प्रमुख सचेतकको बैठकपछि कानुनमन्त्री गिरीले सहकारी ठगीको विषयमा प्रश्न उठाउने कुरा स्वाभाविक भए पनि छानबिन समिति गठन उपयुक्त नभएको बताएका हुन् ।

आफ्नै रेकर्ड तोडेका कामीरिता
सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरै पटक सफल आरोहण गरेर विश्वकीर्तिमान बनाएका आरोही कामीरिता शेर्पाले २९ औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् । उनले आइतबार बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको चुचुरो टेकेका हुन् । योसँगै ५४ वर्षीय कामीरिताले यसअघिको आफ्नै कीर्तिमान तोड्नै पुनः नयाँ कीर्तिमान बनाएका छन् ।

संसदीय दौडमा विप्लव पनि
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आफूहरु सांसद र मन्त्रीका लागि मात्रै नभएर समाजवादका लागि ८४ को चुनावमा भाग लिन लागेको बताएका छन् । ८४ को चुनावलाई समाजवादी अभियानका रुपमा प्रयोग गर्न लागिएको उनको दाबी थियो । लामो समयदेखि चुनाव बहिष्कार गर्दै आएको विप्लव नेतृत्वको नेकपाको बैशाख पहिलो हप्ता कपिलवस्तुमा बसेको पोलिटब्युरो बैठकबाट चुनावमा भाग लिने निर्णय गरेको थियो ।

गायक रवि ओड पक्राउ
वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।

ढल्दै मधेश प्रदेश सरकार
नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । माओवादी केन्द्रका मन्त्रीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा बुझाएलगत्तै माओवादी केन्द्रले प्रदेश प्रमुखको कार्यालयमा समर्थन फिर्ता लिएको पत्र पठाएको हो । माओवादी संसदीय दलका नेता भरत साहले प्रदेश प्रमुखको नाममा पत्र लेख्दै मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् ।

एमालेले पछि छाड्यो मधेश सरकारको साथ
नेकपा एमालेले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आइतबार सो पार्टीका ६ जना मन्त्रीले राजीनामा दिएलगत्तै मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । मधेस प्रदेशका संसदीय दलका नेता सरोजकुमार यादवले प्रदेश कार्यालयको नाममा पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका छन् । मुख्यमन्त्री यादवलाई संविधानको धारा १६८ अनुसार समर्थन रहेकोमा आजको मितिले समर्थन फिर्ता लिइएको प्रदेश प्रमुखको कार्यालयलाई लेखिएको पत्रमा उल्लेख छ ।

मधेश प्रदेशः नयाँ सरकारका लागि ४ दलबीच सहमति
मधेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच नयाँ सरकार गठन गर्ने सहमति भएको छ । चार दलबीच नयाँ समीकरण बनाउने सहमति भएपछि एमाले र माओवादी केन्द्रले जसपा नेपाल नेतृत्वको सरकार छाडेका छन् । एमाले माओवादीले सरकार छाड्नुअघि चारदलका नेताहरुको बैठकमा नयाँ सत्ता समीकरणबारे छलफल भएको बताइएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणः विकल पौडेलसहित ३ जनाविरुद्ध मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सुरक्षण मुद्रण केन्द्रका लागि उपकरण खरिदमा भ्रष्टाचार गरेको दाबीसहित अख्तियारले पौडेलसहित ३ जनालाई विपक्षी बनाएर मुद्दा दायर गरेको हो । अख्तियारले उनीहरूमाथि ४० करोड ८५ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै सोही बराबरको बिगो,जरिवाना र कैद हुनुपर्ने माग गरेको छ । अख्तियारले पौडेल सहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका मेकानिकल सीडीई नविन कुमार पोखरेललाई पनि प्रतिवादी बनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ७ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तोलामा एक सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको भाउ तोलामा एक सय

हनुमानढोकास्थित दशैंघरमा विधिपूर्वक राखियो जमरा

काठमाडौं । नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा हनुमानढोकास्थित दशैंघरमा दशैंको

घटस्थापनाका अवसरमा गोरखा दरबारको दशैंघरमा विधिपूर्वक राखियो जमरा

गोरखा । नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा गोरखा दरबारको दशैंघरमा

युरोपियन च्याम्पियन्स लिगः लिभरपुलको लगातार दोस्रो जित

एजेन्सी । जारी युरोपियन च्याम्पियन्स लिगमा इङ्लिस क्लब लिभरपुल विजयी

युइएफए च्याम्पियन्स लिगः एटलेटिको म्याड्रिडमाथि बेनफिकाको फराकिलो जित

एजेन्सी । युइएफए च्याम्पियन्स लिग अन्तर्गत पोर्चुगीच क्लब बेनफिकाले एटलेटिको