८ चैत्र २०८२, आइतबार । March 22, 2026

‘एक घर एक धारा’ छ, तर छैन् खानेपानी


३० बैशाख २०८१, आइतबार  

24
Shares

बाग्लुङ । खानेपानी नभएपछि बागलुङको जैमिनी नगरपालिकाको सदमुकाम कुश्मीसेरामा हाहाकार छ ।

धारामा पानी नआएपछि स्थानीय खोलाखोल्सी धाउछन् र पानीको जोहो गर्छन् । खडेरीले मूल सुक्नुका साथै वर्षौँदेखिका खानेपानीका योजना पूरा नहुँदा स्थानीयले सास्ती खेप्न बाध्य भएका हुन् । “पानी खोज्न हिँड्दा विद्यालय समयमा पुग्न सकेका छैनौँ”, कक्षा ८ मा पढ्ने सोनम नेपालीले भनिन्, “धारामा पानी आउन छाडेको छ । भएका धारा पनि भत्किन थालेका छन् ।” पानी सुकेपछि तातोपानी भन्ने खोल्सामा पुगेर पानी ल्याउने गरेको उनको भनाई छ ।

सोनमका छिमेकी सोनु नेपालीले पनि पानी खेप्न जाँदा गृहकार्य गर्न नपाएको बाध्यता सुनाउँछन् । धारोमा पानी नआएपछि कुवाबाट पानी खेपेर ल्याएको उनको भनाई छ । विद्यालयका बालबालिका मात्र होइन, स्थानीय अधिकांशले पानी खेप्न हैरानी भएको गुनासो गरेका छन् । स्थानीय कृष्णमाया थापाले भनिन्, “खडेरीले हैरान बनायो । पानीका मुहान सबै सुकेका छन् । धारा भाँचिन थालेका छन् ।” खडेरीसँगै जङ्गलमा लागेको डढेलोले कैयौंँ पानीका मूल सुकेर समस्या आएको स्थानीय बताउँछन् ।

काम भ्याएर कार्यालय जानेलाई पनि पानीको सास्तीले पिरोलेको छ । “धारोमा पानी छैन, खेपेर ल्याउँदा काम भ्याउनै मुस्किल छ”, स्थानीय शिक्षक यमुना शर्माले भनिन्, “यो वर्ष त पानीको हाहाकार नै भयो । डढेलोका कारण पनि थप समस्या भएको हुनसक्छ ।” दश वर्षअघि कुश्मीसेरामा ‘एक घर एक धारा’ अभियान सञ्चालन भएको थियो ।

पाइप गाडिसकेपछि जग्गा विवादले उक्त योजना अलपत्र बनेको बागु्लुङ नगरपालिका–११ का वडाध्यक्ष विष्णुप्रसाद आचार्यले बताउँछन् । पानी अभावमा बारीमा लगाइएका सागपातसमेत ओइलिएका छन् । पानीको समस्याले तरकारी अभाव भएपछि तराईका साथै पोखराबाट झिकाउनु परेको स्थानीय साना व्यवसायीले गुनासो गरेका छन् । “पहिला स्थानीयस्तरमा उत्पादित तरकारीले पुग्थ्यो, अहिले गाडीमा आउन थालेको छ”, स्थानीय सरिता शर्माले भने, “सागपात खाने पनि रहर जस्तो भइसकेको छ ।” विसं २०५० देखि निरन्तर यहाँको छहरा खोलाबाट पानी खाएकाहरुले समेत अहिले मूल सुकेर हैरान भएको बताएका छन् ।

यो मूलबाट टारका ४५ र सामरुम्टाका ४५ गरी ९० घरले पानी खाइरहेका छन् । पानीको समस्यामा उनीहरुसमेत थपिएका हुन् । वर्षौँअघि बागु्लुङ नगरपालिका–११ को रायडाँडाबाट पानी ल्याउने गरी योजना बनेको थियो । उक्त योजना अनुसार यहाँ धारा बनेका छन् । पाइपलाइन पनि विछ्याइएको छ । मुहानमै विवाद भएपछि पानी आउने सम्भावना कम भएको वडाध्यक्ष आचार्यले बताए । “हामीले अहिले पनि योजना कार्यान्वयनका लागि पहल गरिरहेका छौंँ, तर जग्गावालाले विवाद झिकेर मुहान बनाउन नदिएपछि अलपत्र बनेको छ”, उनले भने ।

रायडाँडाबाट ल्याउने प्रस्ताव भएअनुसार ९० एमएमको पाइप विछ्याइएकामा अहिले ३० एमएम मात्रै पानी आएको छ । कुश्मीसेरा बजारमा अधिकांशले खोलाखोल्सीबाट पानी ल्याउने गरेका छन् । उक्त पानी शुद्ध नभएकाले उमालेर मात्रै खान सुझाव दिइएको आचार्यले बताए । “मुख्य योजना सफल नभएसम्म पानीको हाहाकार छ”, उनले भने, “आसपासका सबै वनमा डढेलो लागेकाले पानीका स–साना स्रोतसमेत सुकेका छन् ।” आयोजनाअन्तर्गत दुई सय ६० घरमा धारा बनाइएको छ ।

आर्थिक वर्ष २०७१/७२ देखि निर्माण सुरु भएको उक्त आयोजना अझै पूरा हुन सकेको छैन । कूल रु १७ करोड ४० लाखको आयोजनामा अहिलेसम्म रु १३ करोड ७० लाख खर्च भइसकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङले जनाएको छ । “हामीले भौतिक रुपमा ८५ प्रतिशत र वित्तीय रुपमा ८४ प्रतिशत प्रगति गरेका छौँ”, कार्यालय प्रमुख किरण पौडेलले भने, “केही समस्याले पानी वितरण गर्न भने सकिरहेका छैनौंँ ।” उनका अनुसार मुहानबाट पाइपलाइन विछ्याइएको स्थानमा पहिरो गएपछि स्थानीयले पानी लैजान नदिएपछि वितरणमा समस्या भएको हो ।

योजनाअन्तर्गतको पानी वितरणमा समस्या आएपछि खानेपानी डिभिजन कार्यालयले वैकल्पिक उपायको खोजी गरी दुई स्थानमा लिफ्टमार्फत पानीको परीक्षण गरेको जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  २ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो