१ श्रावण २०८२, बुधबार । July 16, 2025

स्रोत नखुलेको ९८ लाखसहित पक्राउ परेका २ जना को हुन ?



काठमाडौं । काठमाडों उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत नखुलेको रु ९८ लाख रकमसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देही सियारी गाउँपालिका–७ बस्ने २८ वर्षीय समिर सुनार तथा सोही ठाउँका २९ वर्र्षीय मिलन बिक रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनले भने , “दरबारमार्गस्थित जय नेपाल हल नजिक गाडीमा रकम लिएर हिँडेको अवस्थामा बिहीबार उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेकाहरु हुन्डी एवं सुन कारोबारमा पनि संलग्न रहेको हाम्रो प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।” प्रहरीले उनीहरुको साथबाट नगद रु ९८ लाख तथा बा १३ च ४८५८ नम्बरको फोर्ड कम्पनीको इको स्पोर्ट गाडी समेत बरामद गरेको जानकारी दिइयो ।

पक्राउ परेका २९ वर्र्षीय मिलन बिक यसअघि २०८० असोज १० गतेमा दोलखामा साढे ११ केजी अबैध सुन पैठारी तथा संलग्नमा पक्राउ पुर्जी जारी भई फरार भएको र निजको सम्पत्ति शुद्धीकरणमा समेत मुद्धा अनुसन्धानमा रहेको खुल्न आएको प्रमुख भट्टराईले बताए ।

पक्राउ परेकाहरु विगत दुई वर्षयता आपराधिक गतिविधिमा संलग्न रहँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरुलाई हुण्डिसम्बन्धी कारोबार गर्न नहुने कसुरमा थप अनुसन्धानका लागि आजै जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइने जनाइएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ३ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आर्थिक वर्षको अन्तिम दिन नेप्सेमा हरियाली, कारोबारमा चार महिनायताकै उच्च बृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन मंगलबार नेप्से

सुन १ हजार ३०० र चाँदी १५ रुपैयाँले सस्तियो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

चितवनको सिमलतालमा ट्रक दुर्घटना, चालक र सहचालक सामान्य घाइते

चितवन । चितवनको भरतपुर–२९ सिमलतालबाट एक भारतीय नम्बर प्लेटको मिनी

आजको विनिमयदरः घट्यो अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङ पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरो

आजको मौसमः केही क्षेत्रमा भारी बर्षा र बाढीको जोखिम

काठमाडौं । देशभर अहिले सक्रिय रहेको मनसुनी प्रणालीका कारण अधिकांश