१७ बैशाख २०८३, बिहिबार । May 1, 2026

वैशाख २७ गते बिहीबार दिनभर के–के भयो ?

अन्ततः रविको अघि गल्यो कांग्रेस ! खेलाडीलाई यति ठुलो पुरस्कार ! कोशी प्रदेशमा भाँडभैलो ! बैंकका सुरक्षा गार्डको हत्या ! बालमन्दिर जग्गा प्रकरणः २० जनाविरुद्ध पक्राउ पुर्जि जारी !


२७ बैशाख २०८१, बिहिबार  

168
Shares

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्री नियुक्त
नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की तेस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । एमाले र माओवादीका ५२ सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि आज बिहान एमाले नेता कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रीमण्डल समेत गठन गरेका छन् । जसमा नेकपा एमालेका राम राना र नेकपा माओवादी केन्द्रका गणेश उप्रेती मन्त्री नियुक्त भएका छन् ।

कोशी प्रदेशमा सांवैधानिक किचलो !
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बिहीबार नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वान र त्यसका आधारमा भएको निर्णय बदर गर्न माग सहित सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन् । साथै उनले कार्कीलाई मुख्यमन्त्रीको कामकारबाही नगर्न नगराउन र आफूलाई मुख्यमन्त्रीको जिम्मेवारी बहाल गर्न अवरोध नगर्न समेत अन्तरिम आदेश माग गरेका छन् ।

नेपाल बैंकका सुरक्षा गार्डको हत्या
सप्तरीमा नेपाल बैंक लिमिटेडका एक जना सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका १ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेड शाखा कार्यालयका सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुँयालको हत्या भएको हो । बिहीबार बिहान ३ बजेर १८ मिनेटमा घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको सीसीटीभी फुटेजमा देखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

खेलाडीले पाउने भए यति ठुलो पुरस्कार !
सरकारले विभिन्न खेलका खेलाडीलाई यसअघि घोषणा गरेको पुरस्कारको रकम निकास गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कुल २ करोड ९७ लाख १० हजार पुरस्कार रकम निकास गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्रालयले पेस गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेसँगै १९ औं एसियन गेम्समा पदक विजेता, क्रिकेट टिम र पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकले नगर पुरस्कार पाउने भएका हुन् ।

बालमन्दिर जग्गा प्रकरणः २० जनाविरुद्ध पक्राउ पुर्जि जारी
काठमाडौंको नक्सालस्थित बालमन्दिरको जग्गा भाडा ठगी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अनुसन्धानका लागि २० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । २०४९ सालमा ३० वर्षका लागि भाडामा लिएको जग्गामा निजी स्कुल सञ्चालन गरेको र भाडासमेत अत्यन्त न्यून देखिएको भन्दै उजुरी परेपछि सीआईबीले अनुसन्धान अघि बढाएको हो । २०८९ सालमा भाडा सम्झौता सकिँदै थियो । तर सञ्चालक समितिले २०७२ सालमै पूरक सम्झौता गरेर २१ सय २७ सालसम्मका लागि समय थपिसकेको छ । वृहस्पति विद्या सदन र राय स्कुल सञ्चालन भइरहेको उक्त जग्गा पहिलो भाडा सम्झौता सकिनु १७ वर्ष अघि नै पूरक सम्झौता गरेर ठगी गरेको आरोपमा मुद्दा दायर भएको सीआईबीले जनाएको छ ।

खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको गुनासो
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुदका क्षेत्रमा पूर्वाधार विकास र खेलाडीहरूलाई प्रोत्साहनका लागि पर्याप्त बजेट नभएको बताएका छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा मन्त्री श्रेष्ठले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाका रुपमा विकासका लागि बजेट अभाव रहेको पनि बताए । मन्त्री श्रेष्ठले मुलपानी, विराटनगरस्थित गिरिजाप्रसाद कोइराला, बैतडीको दशरथ चन्द, कैलालीको फाप्ला र काठमाडौंको सुवर्णशमशेर क्रिकेट रंगशाला निर्माणका लागि कार्यक्रम रहे पनि पर्याप्त बजेट नहुँदा निर्माणको गति सुस्त भएको बताएका हुन् ।

जसपा विभाजनको भित्र कारण के ?
जनता समाजवादी पार्टी (जसपा) नेपाल तीन कारणले फुटेको अशोक राई नेतृत्वको पार्टीले दाबी गरेको छ । राई नेतृत्वको जनता समाजवादी पार्टीले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै वैचारिक सैद्धान्तिक, सङ्गठनात्मक र कार्यशैलीका कारणले पार्टी फुटेको जानकारी गराइएको हो । पार्टी घोषणा पत्र र विधानमा उल्लेखित सङ्घीय समाजवादलाई सोकेसमा थन्क्याई यादवले सामाजिक लोकतन्त्रको वकालत गर्ने गरेको राई नेतृत्वको जसपाको जिकिर छ ।

अन्ततः रविको अघि गल्यो कांग्रेस
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‍मा बोल्न दिन नेपाली कांग्रेस तयार भएको छ । रास्वपाका सभापतिसमेत रहेका लामिछानेलाई रोष्टममा गएर बोल्न कांग्रसले अवरोध नगर्ने भएको हो । वैशाख २८ बाट सुरु हुने बजेट अधिवेशनमा प्रमुख दलका शीर्ष नेताहरूलाई बोल्न दिने कार्यसूची छ । त्यसबेला रास्वपाका सभापतिसमेत रहेका लामिछानेलाई बोल्न अवरोध नगर्ने कांग्रेसले बताएको हो । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले फागुन २४ गतेदेखि गृहमन्त्री लामिछानेलाई संसद्‍मा बोल्न अवरोध गरेको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ७ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट

दशैं–तिहार लक्षित युरोनेपाल ट्राभलको सस्तो हवाई टिकट अफर सार्वजनिक, यात्रुलाई विशेष सुविधा

काठमाडाैँ । युरोपमा रोजगारी तथा बसोबास गर्दै आएका नेपालीहरूलाई लक्षित