२ असार २०८२, सोमबार । June 16, 2025

मौसम पूर्वानुमानः देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव



काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिक रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ। आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हावा–हुरीको सम्भावना रहेको छ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ८ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

त्रिदेशीय टी-२० शृंखला: नेदरल्याण्ड्सविरुद्ध भिड्दै नेपाल

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो

फिफा क्लब विश्वकप: एट्लेटिकोमाथि पीएसजीको शानदार जित

काठमाडौं । फिफा क्लब विश्वकप अन्तर्गत समूह ‘बी’ को रोमाञ्चक

सोमबार अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्डको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः कोशी र सुदूरपश्चिममा भारी बर्षाको सम्भावना

काठमाडौं । हाल देशका विभिन्न भू-भागमा सक्रिय मनसुनी प्रणालीसँगै केही

इजराइली हमलामा इरानका सैन्य प्रमुखको मृत्यु, प्रतिकारको तयारीमा इरान

एजेन्सी । इजराइलले इरानमाथि गरेको हवाई आक्रमणमा इरानका उच्च सैन्य