२१ आश्विन २०८१, सोमबार । October 8, 2024

वैशाख १८ गते मंगलबार दिनभर के–के भयो ?

लुटियो नबिल बैंक ! पशुपति जलहरी प्रकरणमा क–कस्ले पाए सफाइ ? सुहाङले गरे यस्तो वाचा ! ओलीको नजरमा सुहाङ ! बढ्यो नेपालीको प्रतिव्यक्ति आय ! कर्णाली सरकारले पायो पूर्णता…



पशुपति जलहरी प्रकरणः ३ जनाले पाए सफाइ

पशुपतिमा राखिएको सुनको जलहरी प्रकरण पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्य सचिव डा.मिलन कुमार थापाले सफाइ पाएका छन् । मंगलबार विशेष अदालतले उनलाई सफाइ दिएको हो । मंगलबार विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठले सफाइ दिने फैसाल गरेका हुन् । उनिसँगै भ्रष्टाचार अभियोगबाट सफाइ पाउनेमा डा प्रदीप ढकाल र कृष्ण श्रेष्ठ पनि रहेका छन् ।

सुहाङ नेम्वाङको वाचा
इलाम क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले आफुलाई विजयी गराउने मतदाताको शिर झुक्न नदिने वाचा गरेका छन् । मंगलबार निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै नेम्वाङले देश परिवर्तनको हुटहुटीले आफुँलाई राजनीतिमा डोहो¥याएको समेत उल्लेख गरे । आफुलाई विजयी गराउने मतदातालाई धन्यवाद दिँदै उनले ८४ को निर्वाचनमा भोट माग्न जानै नपर्ने गरि काम गरेर देखाउँने वाचन समेत दिएका छन् ।

ओलीको नजरमा सुहाङ नेम्वाङ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले इमान, वाचा र नैतिकताका बन्धनलाई महत्व दिने बताएका छन् । उपनिर्वाचन अन्तर्गत इलाम–२ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङको विजयी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले जे बोल्ने त्यो गर्ने इमान र नैतिकताको बन्धनले बाँधीएको पार्टी भएको दाबी गरे । उपनिर्वाचन र एमाले उम्मेदवार सुहाङ नेम्वाङबारे उठेका प्रश्नको जवाफ उपनिर्वाचनको परिणामले दिएको उनको दाबी थियो ।

लुटियो नबिल बैंक
पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट १ करोड ३४ हजार ८ सय रुपैयाँ चोरी भएको छ । सोमबार बिहानीपख ४ बजेतिर बैंकबाट रकम चोरी भएको हो । चोरी गरेर बोरामा रकम हालेर लगेको सीसीटीभी फुटेजमा देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चोरी भएको समयमा बैंकमा सुरक्षा गार्डसमेत नभएको खुलेको छ । सुरक्षा गार्ड नभएका कारण घटना थप शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ । ताला फोडेर रकम चोरी गरेको र पछि अर्कै ताला लगाएर भागेको सीसीटीभी फुटेजमा प्रष्ट देखिन्छ ।

बढ्यो नेपालीको प्रतिव्यक्ति आय
नेपालीको प्रतिव्यक्ति औसत आय बढेको छ । चालु आर्थिक वर्षमा प्रतिव्यक्ति औसत आय १ हजार ४ सय ५६ डलर पुग्ने अनुमान केन्द्रीय तथ्यांक कार्यालयले गरेको छ । गत आर्थिक वर्षमा १ हजार ४ सय ५ डलर रहेकोमा चालु आर्थिक वर्षमा ५१ डलर बढेको हो । पर्यटन आवागनमा देखिएको सकारात्मक प्रभाव लगायका कारणले अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको हो ।

मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयले पाए उपकुलपति
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्ति गरेका छन् । विश्वविद्यालयको कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले मध्यपश्चिम विश्वविद्यालयमा प्रा.डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. बिजुकुमार थपलियालाई नियुक्त गरेका हुन् ।

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा प्रदेशसभा सदस्य टीका थापा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएकी छन् । नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख जजिर मियाँले जागरिक उन्मुक्ति पार्टीकी प्रदेशसभा सदस्य थापालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

कर्णाली सरकारले पायो पूर्णता
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मुख्यमन्त्री नियुक्त भएको २२ दिनपछि ६ जना मन्त्रीलाई नियुक्त गर्दै सरकारलाई पूर्णता दिएका हुन् । लामो समयको रस्साकस्सी पछि मुख्यमन्त्री काँडेलले मंगलबार माओवादी र एमालेका तीन÷तीन जना मन्त्री नियुक्त गरेका हुन् । माओवादीको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र केसी, सामाजिक विकास मन्त्रीमा वीरबहादुर शाही, उद्योग, पर्यटन तथा वातावरण मन्त्रीमा दुर्गाबहादुर रावत र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा रणसिंह परियार नियुक्त भएका छन् । त्यस्तै एमालेबाट भौलिक पूर्वाधार तथा शहरी विकास राज्यमन्त्रीमा गमला वि.क, भौतिक पूर्वाधार मन्त्रीमा शेरबहादुर बुढा र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विनोदकुमार शाह नियुक्त भएका छन् । आन्तिरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री काँडेल आफैंले राखेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ७ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

३७ अंकले बढ्यो नेप्से, झण्डै ८ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार परिसूचक

काभा यू–२० पुरुष भलिबलः नेपालसँग श्रीलंका सोझो सेटमा पराजित

काठमाडौं । श्रीलंकामा जारी काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिपमा नेपालसँग

बाढी–पहिरो अपडेटः मृत्यु हुनेको संख्या २ सय ४६ पुग्यो, १८ अझै बेपत्ता

काठमाडौं । गएको असोज ११ देखि १३ गतेसम्म परेको अविरल

६ दिनमा ३ लाख ६३ हजारले छाडे काठमाडौं, टिकट पाउनै मुस्किल

काठमाडौं । नेपालीहरुको महान चाड बडादशैं मनाउन आफ्नो जन्म थलो

तोलामा ५ सयले घट्यो सुनको भाउ, चाँदी कति पुग्यो ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ