२१ असार २०८३, आइतबार । July 5, 2026

वैशाख १५ गते शनिबार दिनभर के–के भयो ?

उपनिर्वाचनमा देखिएन उत्साह ! रोहित चम्किँदा नेपालको जित ! माधव नेपालको रुवाबासी ! एमाले कांग्रेस सहकार्यको चर्चा ! मिलन लिम्बिुलाई स्पष्टीकरण ! टाउको जोडिएका जुम्ल्याहाको मृत्यु…


१५ बैशाख २०८१, शनिबार  

153
Shares

१.उपनिर्वाचनमा उत्साहित देखिएनन् मतदाता
इलाम–२ र बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनमा मतदाताको उत्साह घटेको देखिएको छ । शनिबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानका क्रममा इलाम क्षेत्र नम्बर २ मा ५५ प्रतिशत र बझाङको प्रदेश सभा १ मा ५१ प्रतिशत हाराहारी मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

२.१२ घण्टाभित्र मत परिणाम
निर्वाचन आयोगले शनिबार इलाम–२ र बझाङमा भएको निर्वाचनको अन्तिम मत परिणामा १२ घण्टाभित्र दिन निर्देशन जारी गरेको छ । निर्वाचन संकलन भएसँगै मतपेटिका संकलन गरेर राजनीतिक दलहरुको सहमतिमा मतगणना अघि बढ्ने दाबी गर्दै आयोगले दुवै क्षेत्रको अन्तिम परिणाम पर्सिसम्म आइसक्ने जनाएको छ ।

३.रास्वाप उम्मेदवार लिम्बिुलाई स्पष्टीकरण
इलाम क्षेत्र नम्बार २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुलाई स्पष्टीकरण सोध्न निर्वाचन आयोगले निर्देशन दिएको छ । शनिबार भएको उपनिर्वाचनमा मतदान गर्ने क्रममा लिम्बिुले आफ्नो दलको चुनाव चिन्हको ‘ब्याज’ लगाएर मतदान गरेको फोटो बाहिरिएपछि उनले आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई स्पष्टीकरण सोध्न निर्देशन दिएको हो ।

४.रोहित चम्किँदा नेपालको जित
कप्तान रोहित पौडेलको शतकमा नेपालले वेस्ट इन्डिज विरुद्धको पहिलो टी–२० खेलमा ४ विकेटको जित निकालेको छ । वेस्ट इन्डिजले दिएको २ सय ५ रनको लक्ष्य पछ्याएको नेपालले १९ दशमलव ४ ओभरमा ६ विकेट गुमाउँदै पुरा गरेको थियो । कप्तान पौडेलले ५४ बलमा १० चौका र ६ छक्कासहित १ सय १२ रनको शतकीय पारि खलेका थिए ।

५.माधव नेपालको रुवाबासी
नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै आफूहरुलाई हेप्ने काम गरिएको टिप्पणी गरेका छन् । शनिबार हेटौंडामा आयोजित पार्टीको मकवानपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता नेपालले ओलीमा देखिएको अहंकारका कारण २०७४ मा तत्कालिन नेकपाले पाएको झण्डै दुई तिहाइ मतको सदुपयोग हुन नसकेको आरोप समेत लगाएका छन् । साथै उनले आफू सरकार फेरबदलको चिन्तामा नरहेको भन्दै देश बनाउने पक्षमा मात्रै चासो र चिन्ता रहेको बताएका थिए ।

६.लगानी सम्मेलनको चटारो
आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार ६ सय जनाभन्दा बढीको सहभागिता सुनिश्चित भएको छ । लगानी बोर्डको कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सम्मेलनका लागि दुई हजार चार सयभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाएको थियो । लगानी सम्मेलनमा विभिन्न ५५ देशका लगानीकर्ता सहभागि हुँदैछन् । जसमा नेपालका तीन सय ८५ जनाको सहभागिता सुनिश्चित भइसकेको छ ।

७.सरकारमा एमाले–कांग्रेस सहकार्यको चर्चा
नेपाली कांग्रेसका नेता तथा पूर्व परराष्ट्रमन्त्री एनपी साउदले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने अवस्था नरहेको बताएका छन् । नेपाल प्रेस युनियन पर्साले शनिबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता साउदले प्रमुख राजनीतिक दलहरुले सत्ताकै लागि सरकार गठन गर्न नहुने धारणा राखेका थिए । साथै उनले विचार, सिद्धान्त र दृष्टिकोणलाई एकातिर राखेर सरकार गठन गर्नेतर्फ मात्रै अघि बढ्नु लोकतन्त्रका लागि राम्रो नहुने पनि बताए ।

८.कांग्रेस भन्छः अध्यादेश ल्याउनु संसदीय अभ्यास विपरीत हो
लगानी सहज बनाउन भन्दै सरकारले अध्यादेशमार्फत ९ वटा कानुन संशोधन गर्न लागेकामा नेपाली कांग्रेसले विरोध जनाएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याउने निर्णय गरेको थियो । शनिबार कांग्रेस संसदीय दलले एक विज्ञप्ति जारी गरी संसदको गत अधिवेशनमा कानुन ल्याउन पर्याप्त समय हुँदाहुँदै सरकारले कानुन नबनाई अध्यादेशको बाटो रोजेको आरोप लगाएको छ ।

९.अघि बढ्यो सार्वभौम साख मूल्याङ्कन प्रक्रिया
सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) को प्रक्रिया अघि बढाएको छ । मुलुकको वित्तीय अवस्था तथा साख क्षमताको चित्र देखिने विभिन्न आधारमध्ये सोभरेन क्रेडिट रेटिङ मुख्य आधार हो । मुलुकको लगानी जोखिमको अवस्थाबारे यथार्थ जानकारी लिन सोभरेयन क्रेडिट रेटिङ गर्ने गरिन्छ । वैदेशिक लगानीकर्ताले लगानीको पूर्वसर्तका रुपमा सोभरेन क्रेडिट रेटिङलाई लिने गरेका छन् । क्रेडिङ रेटिङ नहुँदा अन्तर्राष्ट्रिय विकास साझेदारबाट नेपालले हालसम्म ठूला पूर्वाधारका लागि व्यापारिक ऋण लिन सकेको छैन् ।

१०.निर्वाचन प्रणाली परिवर्तनको बहस
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारको स्थायित्व कायम गर्न निर्वाचन पद्धति परिवर्तन गर्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा शनिबार बोल्दै सभामुख घिमिरेले अहिलेको प्रणालीले स्थायी सरकार दिन नसक्ने भएकाले परिवर्तन आवश्यक भएको बताएका हुन् । सभामुख घिमिरेले संघीय संसद्का दुवै सदन र सातै प्रदेशका सभामुख, उपसभामुख सहितको छलफलबाट सदनलाई प्रभावकारी बनाउन खेल्नुपर्ने भूमिकाबारे गहन छलफल भएको जानकारी समेत दिएका थिए ।

११.टाउको जोडिएका जुम्ल्याहाको मृत्यु
जन्मिंदै टाउको जोडिएका जुम्ल्याहा लोरी शापेल र जर्ज शापेलको ६२ वर्षको उमेरमा निधन भएको छ । अमेरिकाको फिलाडेल्फियामा उनीहरुको मृत्यु भएको हो । उनिहरुको मृत्युको कारण भने खुलाईएको छैन् । टाउको जोडिएका लोरी र जर्जमध्ये एकजनाको मृत्यु भयो भने त्यसको केही समयपछि अर्काको पनि मृत्यु हुने पक्का थियो ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ७ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर