१९ बैशाख २०८३, शनिबार । May 2, 2026

वैशाख १४ गते शुक्रबार दिनभर के–के भयो ?

छुटे दिपेश पुन ! प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता ! प्रचण्ड–ओलीलाई माधवको धम्की…


१४ बैशाख २०८१, शुक्रबार  

378
Shares

१. सहकारी ठगी प्रकरणः धरौटी बुझाएर छुटे दिपेश पुन
सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत रुपन्देहीमा ४ लाख रुपैयाँ धरौटी बुझाएपछि उनलाई छाडिएको प्रहरीले जनाएको छ । एक साताअघि अदालतले पुनसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिए पनि रकम जम्मा नगरेपछि उनी पुर्पक्षका लागि जेल चलान भएका थिए । तर, शुक्रबार उनले रकम जम्मा गरेपछि छुटेका छन् ।

२.अग्नि पीडितलाई राहत कहिले ?
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ नगरिएको बताएका छन् । गृह मन्त्रालयमा आज आयोजित ‘वन, डढेलो तथा आगलागी हालको अवस्था, जोखिम र तत्कालका प्राथमिकता’ विषयक छलफल कार्यक्रममा उनले राहतमा कुनै ढिलाइ नहोस भन्ने नै सरकारको प्राथमिकता रहेको बताए । साथै उनले साताको एक पटक विद्यालयमा यस विषयमा रहेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड समेत दिएका छन् ।

३.ईपीएस भाषा पास गरेकाले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
कोरियन भाषा परीक्षा (ईपीएस) उत्तीर्ण गरेका नौ हजार ४२८ जनाले कार्यक्षेत्र (रोष्टर) परिवर्तन गर्न पाउने भएका छन् । ईपीएस भाषा परीक्षा पास गरेर कोरिया जान नपाएकाहरूले सेक्टर परिवर्तन गर्न पाउने भएका हुन् । त्यसका लागि ईपीएस कोरिया शाखाले नौ हजार ४२८ जनाको सूची सार्वजनिक गरेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले एक सूचना जारी गर्दै कृषि तथा पशुपालन र उत्पादनमूलक काममा रोजगारीमा लागि कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेकाहरूलाई कार्यक्षेत्र परिवर्तन गर्ने दक्षिण कोरियाले मौका दिएको हो ।

४.रेशमको मुद्दामा मिसिल झिकाउन आदेश
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको मुद्दामा मिसिल झिकाउन सर्वोच्चले आदेश दिएको छ । रेशमले दायर गरेको मुद्दामाथि शुक्रबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशहरू बालकृष्ण ढकाल र विनोद शर्माको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो । सुनुवाइका लागि वैशाख १८ गतेलाई अर्को पेसी समेत तोकिएको छ । टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका रेशम चौधरीलाई निर्वाचन आयोगले वैधानिकता दिन अस्वीकार गरेपछि रेशम अदालत गएका थिए ।

५.ओली–प्रचण्डलाई माधव नेपालको धम्की
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई उपेक्षा गरे सत्ता गठबन्धनबाट बाहिरिने चेतावनी दिएका छन् । शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको अहिलेको राजनीति र नेपालको मौसम उस्तै उस्तै रहेको टिप्पणी गरे । उनले नेपालको मौसममा केही भन्न नसकेजस्तै राजनीतिमा पनि केही भन्नसक्ने अवस्था नरहेको जिकिर समेत गरेका थिए ।

६. प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारले विशेष चासो दिएको बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका निकायले गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् ।

७.डेढ करोड रुपैयाँ र डेढ तोला सुनसहित पाँचजना पक्राउ
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक केजी ८ सय ग्राम सुन र डेढ करोड रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ । बिहीबार न्युरोडको एक हुण्डी गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरुलाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । सुन र रकम सहित पाँचजनालार्य प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ७ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट