२४ असार २०८२, मंगलबार । July 8, 2025

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता सुरु भएको छ ।

अपराह्न कतारका अमिर राष्ट्रपति निवास शीतल निवास पुग्दा राष्ट्रपति पौडेलले उनलाई स्वागत गरेका थिए । शीतल निवासको गण्डकी हलमा सुरु भएको भेटवार्तामा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, सवारी व्यवस्थापनको जिम्मेवारीमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्तेतलगायत विशिष्ट पदाधिकारीहरु संलग्न रहेका छन् ।

उनिहरुबीच द्विपक्षीय हित र चासोसहित कूटनीतिक सम्बन्धका विषयमा छलफल हुने बताइएको छ । कतारका अमिर अल थानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै शीतल निवास पुगेका थिए । यसअघि, विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विशिष्ट पदाधिकारीहरुले अमिर अल थानीलाई स्वागत गरेका थिए ।

अमिर थानीको सम्मानमा राष्ट्रपति पौडेलले आजै रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ । कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच भोलि बुधबार द्विपक्षीय वार्ता हुने कार्यक्रम छ । राष्ट्रपति पौडेलको निमन्त्रणामा कतारका अमिर अल थानी आजै नेपालको दुई दिने राजकीय भ्रमणमा काठमाडौँ आएका हुन् ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ५ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सोमबार सेयर बजारमा गिरावट : नेप्से दोहोरो अंकले घट्यो

काठमाडौं । साताको दोस्रो कारोबारी दिन सोमबार नेप्से परिसूचकमा दोहोरो

स्वदेश फर्कियो नेपाली महिला फुटबल टोली

काठमाडौं । उज्बेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोट खेलेर

टेक्सास बाढी अपडेटः हालसम्म ७८ जनाको मृत्यु, ४१ अझै बेपत्ता

एजेन्सी । संयुक्त राज्य अमेरिकाको मध्य टेक्सासमा आएको भीषण बाढीले

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउन्ड बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

टेक्सासमा विनाशकारी बाढी: ५० जनाको मृत्यु, २७ बालिका अझै बेपत्ता

एजेन्सी । अमेरिकाको टेक्सास राज्यमा केही दिनदेखिको लगातारको मुसलधारे वर्षाले