१७ बैशाख २०८३, बिहिबार । April 30, 2026

वैशाख १० गते सोमबार दिनभर के–के भयो ?

शिर्ष नेताको जुहारी ! वाम एकताको डम्फु ! सन्दिप विरुद्धको मुद्दा अझै अन्योलमा ! मंगलबार सार्वजनिक विदा ! शेरबहादुरको बोल्ड अवतार…


१० बैशाख २०८१, सोमबार  

222
Shares

१.बाम एकताको डम्फु बजाउँदै प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपटक कम्युनिस्ट शक्तिबीच एकता गर्न हतार नगर्ने बताएका छन् । सोमबार ललितपुरको गोदावरीमा नेकपा एमालेको हिरक जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले विगतमा कम्युनिस्ट एकताको नाममा हौसिँदा र हतार गर्दा एकता नटिकेको समेत बताए । अहिले एमाले, माओवादी, एकीकृत समाजवादीसहितका दलहरु सत्ता सहकार्यमा रहेको र यो सहकार्यलाई अगाडि बढाउँदै लैजाँदा एकताको आधारभूमि आफैं तयार हुने उनको भनाई थियो ।

२. ओलीलाई देउवाको प्रश्नः मदन भण्डारीको हत्यारा खोइ ?
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता लगाउन एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले एमालेका पूर्वमहासचिव मदन भण्डारीको हत्यारा किन पत्ता लगाउन नसकेको भन्दै एमाले नेतृत्वप्रति प्रश्न उठाएका थिए । एमालेका नेताहरु पटक पटक प्रधानमन्त्री भएको र मदन भण्डारीकी पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति नै भएको भन्दै देउवाले मदनको हत्यामा संलग्न पत्ता लगाउन एमालेले नै चासो नदिएको जिकिर समेत गरेका छन् ।

३. गठबन्धन लामो समय नटिक्ने माधवको जिकिर
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनको भविष्यमा प्रश्न उठाएका छन् । सोमवार ललितपुरको च्यासलमा आयोजित नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै नेपालले वर्तमान सत्ता गठबन्धन लामो समयसम्म जानेमा शंका समेत व्यक्त गरेका छन् ।

४.मंगलबार सार्वजनिक विदा
कतारका राजा नेपाल भ्रमणमा आउने दिन सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको सरकारी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् ।

५.क्रिकेटर लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा
क्रिकेटर सन्दिप लामिछाने विरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ । पाटन उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालले मुद्दा हेर्न नभ्याउने सूचीमा राखेका हुन् । यसअघि अदालतले तादी गाउँपालिका–२ बाट पीडितले जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्नको लागि दिएको निवेदनको सक्कली प्रति र जन्मदर्ताको प्रति झिकाउने आदेश गरेको थियो ।

६.गण्डकी सरकार विरुद्धको रिट हेर्दाहेर्दैमा
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी विरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्धय सपना मल्ल प्रधान र सारङ्गा सुवेदीको संयुक्त इजलासले रिट बुधबारका लागि हेर्दाहेर्दैमा राखेको हो । गण्डकीका सभामुखको हस्ताक्षरसहित मुख्यमन्त्री दावी गरेर अधिकारी नियुक्त भएको भन्दै तत्कालीन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नियुक्ती बदरको मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए ।

७.सुदूरपश्चिम सरकारः मुख्यमन्त्री नियुक्तिको सक्कल फाइल माग
सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई नियुक्त गर्दाको सक्कल फाइल माग गरेको छ । न्यायाधीश बालकृष्ण ढकालले प्रारम्भिक सुनुवाइ पछि सो आदेश गरेका हुन् । मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिटमा पूर्ण सुनवाइका लागि वैशाख २३ मा पेशी निर्धारण गर्न न्यायाधीश ढकालको इजलासले आदेश गरेको छ ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ८ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट

दशैं–तिहार लक्षित युरोनेपाल ट्राभलको सस्तो हवाई टिकट अफर सार्वजनिक, यात्रुलाई विशेष सुविधा

काठमाडाैँ । युरोपमा रोजगारी तथा बसोबास गर्दै आएका नेपालीहरूलाई लक्षित

सङ्गीतमार्फत विश्व शान्तिको सन्देश ! “म्यूजिक फर पीस” कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘जर्नलिस्ट

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक