२० फाल्गुन २०८२, बुधबार । March 5, 2026

वैशाख ४ गते मंगलबार दिनभर के–के भयो ?

शिक्षामन्त्री सुमनाको वोल्ड निर्णय ! सुदूरपश्चिममा संघियता मास्ने चलखेल ! रवि विरुद्धका प्रमाण छताछुल्ल ! मधेश प्रदेशसभामा हानाहान...


४ बैशाख २०८१, मंगलबार  

534
Shares

१.रविमाथि अनुसन्धान गर्न एमालेको माग
सत्तारुढ नेकपा एमालेले गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछाने सहकारीको रकम अपचलनमा मुछिनु दुखद भएको बताएको छ । एमाले प्रमुख सचेतक समेत रहेका महेश बर्तौलाले सहकारीमा धेरै नागरिक ठगिएको भन्दै पीडितलाई न्याय र ठगीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन् । नेता बर्तौलाले सार्वजनिक पदमा रहेका व्यक्तिका सवालमा उठेका प्रश्नको जवाफ दिने पहिलो काम स्वयको भएको भन्दै ती विषयबारे अनुसन्धान प्रक्रिया प्रभावकारी बनाउनुपर्ने समेत बताएका छन् ।

२.रविले राजीनामा दिनुपर्ने कांग्रेसको अडान
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको राजीनामा नै अन्तिम विकल्प भएको ठहर गरेको छ । सहकारी ठगीमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति माग गर्दै आएको कांग्रेसले अब उनको राजीनामालाई बटमलाइन बनाउने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछानेबारे संसदीय छानबिन समितिको मुद्दाबाट अगाडि बढ्ने बताएका छन् । साथै उनले सहकारी ठगीमा रवि लामिछाने निर्दोष भएको जावाफ दिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब माफी माग्नुपर्ने बताएका छन् ।

३.शिक्षामन्त्री सुमनाको वचनः शिक्षा क्षेत्रको नियुक्तिमा हस्तक्षेप हुँदैन्
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयहरूको नियुक्तिको प्रक्रियामा पदेन सहकुलपति (मन्त्री) नै भएपनि हस्तक्षेप नगर्ने बताएकी छिन् । मंगलबार मन्त्रालयमा विश्वविद्यालयहरूको बारेमा विज्ञहरूको सुझाव लिँदै उनले आफू र आफ्नो पार्टीको तर्फबाट हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गर्दै अरूबाट भएको छ भने पनि कारबाही गर्ने बताएकी हुन् । उनले विद्यमान कानुन अनुसार कर्मचारी र शिक्षकलाई राजनीतिक दलको सदस्य बस्न नमिल्ने भन्दै त्यस्तो पाइए कारबाही गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छिन् ।

४. प्रधानमन्त्री प्रचण्डको जोड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको प्रत्याभूति गर्न सकिने बताएका छन् । रणनीतिक तथा सामाजिक–आर्थिक अनुसन्धानका लागि संस्था (आइएसएसआर) ले मंगलबार आयोजना गरेको ‘सुशासनका चुनौती र सरकारको आगामी कार्यदिशा’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउन कानुन कार्यान्वयनको पाटोलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिएका हुन् ।

५. माधव नेपाललाई सत्ताकै लोभ
नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीले मंगलबार प्रदेश प्रमुख नाजिर मियाँलाई भेटेर समर्थन फिर्ता लिएको पत्र बुझाएका हुन् । यसअघि कांग्रेसका कमल शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले १० दिनको समय दिएर दलहरूलाई मुख्यमन्त्रीका लागि दाबी पेस गर्न भनेका थिए । उक्त समयमा कांग्रेसको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र एमाले माओवादीको समर्थनमा नाउपाकै कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

६. महालेखा परीक्षकमा तोयम राय अनुमोदित
महालेखा परीक्षकमा नियुक्तिका लागि सिफारिस भएका तोयम रायको नाम संसदीय समितिबाट सर्वसम्मत अनुमोदन भएको छ । मंगलबार सिंहदरबारमा भएको संसदीय सुनवाइका क्रममा रायको नाम अनुमोदन भएको हो । संवैधानिक परिषद्ले रायलाई गत चैत्र १८ गते महालेखा परीक्षकमा नियुक्तिका लागि सिफारिस गरेको थियो । योसँगै राय राष्ट्रपतिबाट ६ वर्षे कार्यकालका लागि महालेखा परीक्षकमा नियुक्त हुनेछन् ।

७. सुनको भाउले आकाश छोयो
मंगलबार सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको तुलनामा मुल्य प्रतितोला १ हजार ७ सय रुपैयाँ बढेको थियो । अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको सुन मंगलबार १ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको हो । यसअघि गत शुक्रबार सुनको भाउले १ लाख ३९ हजारको उच्चतम मूल्य रेकर्ड बनाएकोमा सो रेकर्ड आज फेरि तोडिएको हो ।

८. रविमाथि संसदीय छानबिन समिति किन ?
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारीको रकम अपचलन गर्ने रवि र गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् छुट्याउन संसदीय समिति आवश्यक रहेको बताएका छन् । सहकारीमा ठग्ने रवि लामिछाने र गृहमन्त्री एउटै हुन् कि होइनन् ? जाँच्ने क्षमता प्रहरीले आफूसँग नभएको दर्ता मुद्दाबाट जानकारी भएको उनले बताए । संवाद यात्राका क्रममा मंगलबार कञ्चनपुर पुगेका थापाले सहकारी ठग्ने र गृहमन्त्री रवि एउटै हो कि होइन भने संसदीय छानबिन समिति बनाएर खोज्नुपर्ने भएको बताएका हुन् । कांग्रेसले माग गरिरहेको छानबिन समिति आवश्यक रहेको सरकारी वकिलकहाँ दर्ता भएको मुद्धाले समेत प्रमाणित भएको उनको भनाई छ ।

९. सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुवै दाबी अस्वीकृत
सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबी, दाबी नपुगेको भन्दै अस्वीकृत गरेका छन् । सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा र नाउपाकै कैलाश चौधरीले एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । मियाँले २ दिन समय दिएर पुनः दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका छन् ।

१०. मधेश प्रदेशसभामा हानाहान
झण्डै ५ घण्टापछि सुरु भएको मधेश प्रदेशसभाको बैठकमा हानाहान भएको छ । सदन सुरु भएलगत्तै जनमत पार्टीले अवरोध सृजना गरेपछि हानाहान र कुर्सी तोडफोड भएको हो । आफ्नो माग सम्बोधन नभएको भन्दै जनमत पार्टीले दोस्रो पटक सदन अवरोध गरेपछि विवाद सुरु भएको हो । जनमत पार्टीले आफ्नो विरोध जारी राखेकै बेला मुख्यमन्त्री सरोज कुमार यादवले जबरजस्ती प्रस्ताव पेस गर्न लाग्दा बैठकमै हानाहानको स्थिती बनेको हो ।

११. सहकारी ठगीबारे रविको स्पष्टिकरण
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले सहकारीबाट ऋण नलिएको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले आफूले ऋण नदिएको तर नामा लेखिएको स्पष्ट पारेका हुन् । अनुसन्धानले देखाए अनुसार उक्त ऋण खाता खोल्दा नागरिकता, ऋण माग गरेको फारम, केवाइसी फर्म, तिन पुस्ते विवरण लगायतका कुनै विवरण नभएको समेत उनले स्पष्ट पारेका छन् । यस्तै लामिछानेले जीबी राईका सबै बदमासीको ठेक्का आफूले लिनुपर्ने हो भन्दै प्रश्न समेत गरेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ८ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по