२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

सोमबार शेयर मार्केट राताम्मे, परिसूचकमा दोहोरो अंकको गिरावट



काठमाडौं । सोमबार नेप्से सूचकमा दोहोरो अंकको गिरावट आएको छ ।

अघिल्लो दिन सामान्य अंकले घटेर बन्द भएको बजारमा सोमबार १६.८२ अंकले नेप्से घट्दै २ हजार ६.५२ अंकमा झरेको हो । सोमबार कारोबार रकम समेत २ अर्ब ७९ करोड ७५ लाखमा सीमित भएको छ । सोमबार १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ ।

सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक १.६४ प्रतिशतले घटेको छ भने म्यानु एण्ड प्रो समूहको उपसूचक १.५९ प्रतिशतले, र होटल तथा पर्यटन समूह १.१५ प्रतिशतले घटेको छ । २४५ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भएकोमा सोमबार १८४ कम्पनीको सेयर मूल्य घटेको छ भने ५२ कम्पनीको मात्रै बढेको छ ।

बाँकी ८ वटा कम्पनीको मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ३ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।

आजको विनिमयदरः बढ्यो अमेरिकी डलरको भाउ, युरोपियन युरो र पाउन्ड स्ट्रलिङ पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

विभिन्न चार सुत्रीय मागसहित नेपाल स्काउट शुद्धीकरण अभियानद्वारा आन्दोलनको घोषणा

काठमाडौं । नेपाल स्काउट शुद्धिकरण अभियानले स्काउट भित्रको शुद्धीकरणका लागि

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ