२२ आश्विन २०८१, मंगलबार । October 9, 2024

चैत्र ३० गते शुक्रबार दिनभर के–के भयो ?

नेपालको विजय सुरुवात ! राष्ट्रिय फल सुन्तला ! कांग्रेस नेता पौडेलको निधन ! गृहको निर्देशन ! मुख्यमन्त्र महरालाई विश्वासको मत…



१. मुख्यमन्त्री महराले पाए विश्वासको मत
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । ८६ सदस्यीय प्रदेश सभामा उनले ४८ मत पाएका हुन् । मुख्यमन्त्री महरालाई नेकपा एमालेका २९ जना, माओवादी केन्द्रका १० जना, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जसपाका ३ जना, नेकपा एकीकृत समाजवादीका एक जना र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदले मत दिएका हुन् । उनको विपक्षमा कांग्रेसका २६ र जनमत पार्टीको २ गरि २८ मत परेको छ । लुम्बिनी प्रदेश सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी तटस्थ बसेको थियो ।

२.कांग्रेस नेता पौडेललको निधन
नेपाली कांग्रेसका नेता खेमराज पौडेलका निधन भएको छ । शुक्रबार बिहान पोखराको फेवासिटी अस्पतालमा ८० वर्षको उमेरमा पौडेलको निधन भएको हो । पौडेल कांग्रेस जिल्ला सदस्य, सचिव, उपाध्यक्ष भएका थिए । २०५९ सालमा कांग्रेस विभाजन भइ शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस (लोकतान्त्रिक) बन्दा उनी कास्की सभापति भएका थिए । कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यसम्म बनेका उनी सुकुम्वासी आयोगका अध्यक्ष पनि भएका थिए । २०७६ मा कास्की–२ मा भएको उपनिर्वाचनमा पौडेललाई कांग्रेसले उम्मेदवार बनाएको थियो । एमाले नेता रविन्द्र अधिकारीको निधन भएपछि भएको उपनिर्वाचनमा पौडेल अधिकार पत्नी विद्या भट्टराईसँग पराजित भएका थिए ।

३. राष्ट्रपतिबाट सम्पत्ति शुद्धीकरण संशोधन विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । उक्त विधेयक संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पेस भएको थियो ।

४. प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन गर्न माग
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन कार्यक्रमको ढाँचा परिवर्तन गर्नुपर्ने बताएका छन् । रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि आयोजित चार दिने तालिमको समापन कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कार्यक्रमलाई परिणाममुखी बनाउन कार्यक्रमको ढाँचा परिवर्तन गर्नु अपरिहार्य भएको बताएका हुन् । मन्त्री अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट अपेक्षित रूपमा परिणाम आउन नसकेको समेत औल्याए ।

५. धर्म प्रचारकमाथि निगरानी गर्न गृहको निर्देशन
धर्म प्रचार तथा धर्म परिवर्तनमा विदेशी नागरिकहरू संलग्न हुने गरेको भन्दै गृह मन्त्रालयले त्यस्ता नागरिकमाथि निगरानी गर्न देशभर सर्कुलर गरेको छ । चैत २५ मा मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखाले देशभरका जिल्ला प्रशासन कार्यालयमा सर्कुलर गरेको हो । विभिन्न व्यक्ति र संस्थाहरूले गर्ने सम्मेलन तथा प्रशिक्षण कार्यक्रमहरूमा विदेशी नागरिक सहभागी हुने गरेको र उनीहरूले गैर कानुनी रूपमा धर्मको प्रचार र परिवर्तन गराउने काममा सामेल हुँदै आएको गृह मन्त्रालयको निष्कर्ष छ ।

६. त्रिविले पायो रेक्टार र रजिष्ट्रार
त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा.डा. खड्क केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त भएका छन् । त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बरालले प्रधानमन्त्रीसमक्ष यी नाम सिफारिस गरेका थिए । त्रिवि ऐन अनुसार रेक्टर र रजिष्ट्रार पदमा उपकुलपतिले सिफारिस गरेका व्यक्तिलाई कुलपतिले नियुक्ति गर्नुपर्ने व्यवस्था छ । रजिष्ट्रारमा नियुक्त रिजाल वातावरण विज्ञान विभागका प्राध्यापक हुन् भने प्रा.केसी त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागमा छन् ।

७. सुन्तलाले पायो राष्ट्रिय फलको मान्यता
सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको हो । राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैंक) ले अनुसन्धान गरी सुन्तलालाई राष्ट्रिय फल बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रस्ताव गरेको थियो । सोहि प्रस्तावका आधारमा सरकारले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिने निर्णय गरेको हो ।

८.राष्ट्रिय सभा सदस्यमा अन्जना शाक्य
सरकारले डा.अन्जान शाक्यलाई राष्ट्रिय सभाको रिक्त सदस्यमा मनोनयन गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई रिक्त राष्ट्रिय सभाको सदस्य पदमा मनोनीत गर्न सिफारिस गरेको हो । शाक्य इजरायलको लागि पूर्व राजदूत पनि हुन् ।

९. एसीसी प्रिमियर कपः पहिलो खेलमा नेपाल विजयी
एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको छ । मलेसियाले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको नेपालले १९ दशमलव २ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो । टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ४३ रन बनाउन सफल भएको थियो । जवाफि ब्याटिङ्मा उत्रिएको नेपालले सहजै उक्त लक्ष्य भेटाउन सफल भएको थियो । नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधीक ३२ रन जोडेका थिए भने अर्का ओपनर कुशल भुर्तेलले २४ रनको योगदान गरेका थिए । त्यस्तै कप्तान रोहित पौडेलले २८, कुशल मल्लले ७, दिपेन्द्र सिँह ऐरिले २०, सन्दिप जोरा १२ र गुल्शन झाले १९ रन जोड्न सफल भएका थिए ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ८ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा मेलम्चीको पानी वितरण सुरु

काठमाडौं । आजबाट फेरी काठमाडौंमा मेलम्ची खानेपानी आयोजनको पानी वितरण

बडादशैंः हालसम्म ५ लाख ६५ हजारले छाडे काठमाडौं

काठमाडौं । नेपालीहरुको महान चाड बडादशैं मनाउन कर्मथलो काठमाडौं छाडेर

२७ दशमलव ३९ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक

ओरालो लाग्दै सुनको भाउ, आज तोलामा ४ सयले घट्यो

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा ४ सय

आजदेखि काठमाडौंमा पुनः मेलम्चिको पानि आउने

काठमाडौं । सरकारले मंगलबार (आज बेलुका) बाट पुनः काठमाडौंमा पानि