७ जेष्ठ २०८१, सोमबार । May 20, 2024

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत



लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत प्राप्त गरेका छन् ।

प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री महराले संविधानको धारा १८८ को उपधारा (१) बमोजिम राखेको विश्वासको मतको प्रस्तावमा मतदान हुँदा पक्षमा ४८ मत प्राप्त भएको थियो । यससँगै मुख्यमन्त्री महराले मुख्यमन्त्री नियुक्त भएको एक सातामै प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गरेका छन् ।

बैठकमा उपस्थित प्रदेशसभा सदस्यमध्ये मुख्यमन्त्री महराका पक्षमा सत्तागठबन्धन दल नेकपा एमालेका २९, नेकपा (माओवादी केन्द्र) का १०, जनता समाजवादी पार्टीका तीन, नागरिक उन्मुक्ति पार्टीका चार, नेकपा एसका एक र स्वतन्त्र एक जना सदस्यसहित ४८ मत प्राप्त गरेका थिए ।

८६ सदस्यीय प्रदेशसभामा प्रस्तावको विपक्षमा नेपाली कांग्रेसका २६ र जनमत पार्टीका दुई जना गरी २८ मत परेको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ५ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जेठ ६ गते आइतबार दिनभर के–के भयो ?

सहकारी ठगीमा मेरो संलग्नता छैन्ः रवि गृहमन्त्री रवि लामिछानेले आफू

पार्टी छाडेका सांसदलाई संसदीय गतिविधिमा रोक्न माग गर्दै उपेन्द्र सर्वोच्चमा

काठमाडौं । जसपा नेपाल छाडेका आशेक राईसहित ७ सांसदलाई मतदानमा

गुरुङ गाउँका घाटु नाच हराउँदै, संरक्षणमा सोरबिस्नाका गुरुङ

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ मा अवस्थित सोरबिस्ना गाउँका गुरुङहरु

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि

सहकारी ठगी प्रकरणः कार्यदल बैठक निष्कर्षविहीन

काठमाडौं । सहकारी ठगी बिषयमा छानबिन गर्ने संसदीय समितिको कार्यदेश