४ माघ २०८२, शनिबार । January 18, 2026

चैत्र २८ गते बुधबार दिनभर के–के भयो ?

संसद्मा हंगामा ! शिक्षामन्त्री सुमनाको उथलपुथल ! रोकिएन रविमाथिको प्रहार ! गण्डकीमा सर्वोच्चको अंकुश…



१. चिकित्सा शिक्षा जाँचबुझ प्रतिवेदन सार्वजनिक
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग–२०७४’को प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगले बुझाएको प्रतिवेदन छ वर्षपछि आज मन्त्रालयले सार्वजनिक गरेको हो । चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता, सम्बन्धन, प्रवेश परीक्षा, भर्ना, शुल्क र गुणस्तरका क्षेत्रमा देखिएका समस्याबारे समाधानका उपायसहितको प्रतिवेदनको सिफारिस अनुसार तत्काल कार्यान्वयन सुरु हुने मन्त्रालयले जनाएको छ । राजपत्रमा सूचना प्रकाशित गर्दै विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा सरकारले चिकित्सा शिक्षाका विकृति विसङ्गतिको जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन तयार गर्न आयोग गठन गरेको थियो ।

२.एमबीबीएस तहको अधिकतम मूल्य ३५ लाख तोक्न सिफारिस
चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले एमबीबीएस तहको अधिकतम मूल्य ३५ लाख तोक्न सिफारिस गरेको छ । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदनमा एमबीबीएस तहको कार्यक्रमको शुल्क अधिकतम ३५ लाख तोक्ने सिफारिससहितको प्रतिवेदन तयार गरेको हो । २०७४ सालमा गठन भएको आयोगको प्रतिवेदन हाल आएर मात्रै सार्वजनिक गरिएको हो । प्रतिवेदनमा ३५ लाख बाहेक अन्य शुल्क जस्तै परीक्षा, काउन्सिल, भर्ना, पुस्तकालय, प्रयोगशाला आदिमा लिन नपाइने उल्लेख छ ।

३.मुख्यमन्त्री कँडेलले लिए शपथ
कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले शपथ लिएका छन् । उनले प्रदेश प्रमुख तिलक परियारसमक्ष बुधबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । एमाले संसदीय दलका नेता समेत रहेका कँडेल मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए । ४० सदस्यीय कर्णाली प्रदेश सभामा एमालेका ९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ जनाले मुख्यमन्त्री कँडेललाई समर्थन गरेका थिए ।

४. राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरे निर्वाचित
राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई हराउँदै उनी राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएकी हुन् । बैठकमा उपस्थित ५५ जना सदस्यहरुमध्ये घिमिरेको पक्षमा ३९ मत र पुडासैनीको पक्षमा १६ मत परेको थियो । यसअघि नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा उपाध्यक्ष बनेकी उर्मिला अर्यालले १५ चैतमा राजीनामा दिएपछि सो पद रिक्त थियो ।

५.रविमाथि कांग्रेसको निरन्तरको प्रहार
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगीमा नामा जोडिएका रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री भएपछि अनुसन्धान प्रभावित भएको आरोप लगाएको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बौल्दै कांग्रेस सांसद रामहरि खतिवडाले यस्तो आरोप लगाएका हुन् । जसमाथि छानबिन हुँदै थियो उही गृहमन्त्री भएपछि सहकारी पीडितहरू झन् समस्यामा परेको उनको भनाइ छ । आफूहरूले निष्पक्ष छानबिन आयोग बनाउन वा संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको तर सरकारले नसुनेको उनको आरोप छ ।

६. कोशी प्रदेशसभाको विषेश अधिवेशन आह्वान
कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख ६ गतेका लागि प्रदेशको अधिवेशन आह्वान गरेका छन् । २६ चैत्रतमा केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रका ५२ सांसदले मुख्यमन्त्री र सरकारलाई निर्देशन दिनुपर्ने भएकाले अधिवेशन मागसहित निवेदन दिएका थिए । सोही दिन मुख्यमन्त्री केदार कार्कीले मन्त्रीपरिषद्को निर्णय अनुसार ११ जेठ २०८१ मा संसदको नियमित अधिवेशन आह्वानका लागि निवेदन दिएका थिए । दुई दिन परामर्श गरेका प्रदेश प्रमुख खापुङले ६ बैशाख २०८१ दिउँसो १ बजे प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् । खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा ३ अनुसार अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

७. गण्डकी सरकार गठनका बिषयमा सर्वोच्चद्वारा कारण देखाउ आदेश
गण्डकी प्रदेश सरकार गठनका सम्बन्धमा सार्वोच्च अदालतले कारण देखाउन आदेश जारी गरेको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले उक्त आदेश दिएको हो । नेपाली कांग्रेसका तर्फबाट तत्कालिन मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मंगलबार मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार गठन असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले सभामुखलाई समेत जोडेर अधिकारीले बहुमत पुर्याउने कार्य गरेकाले असंवैधानिक भएको दाबी गरेका थिए ।

८.मणिपाल मेडिकल कलेजलाई कारबाही गर्न निर्देशन
पोखरामा रहेको मणिपाल मेडिकल कलेजलाई कारबाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन दिएको छ । काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त कलेजलाई कारबाही गर्न भन्दै मन्त्रालयले पत्र पठाएको हो । दोस्रो बर्षमा अध्यनरत विद्यार्थीले बढी शुल्क लिएको बिषयमा मन्त्रालयमा गुनासो गरेका थिए । उक्त गुनासोपछि शिक्षा मन्त्रालयले आवश्यक कारबाही प्रक्रिया अगाडी बढाएको थियो । अनुत्तीर्ण भएका विद्यार्थीलाई पुनः परीक्षा लिन विश्वविद्यालयले प्रतिविद्यार्थी ६ हजार रुपैयँ शुल्क निर्धारण गरेको छ । तर, कलेजले प्रति विद्यार्थी २८ हजार ८ सय रुपैयाँ शुल्क लिएको भन्दै विद्यार्थीहरुले मन्त्रालयमा उजुरी दिएका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ७ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बझाङबाट नेकपाको प्रतिनिधिसभा उम्मेदवारमा युवा नेता मीनबहादुर कुवर

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं