८ कार्तिक २०८३, आइतबार । October 25, 2026

वैशाख ६ गतेका लागि कोशी प्रदेशसभाको विशेष अधिवेशन आह्वान


२८ चैत्र २०८०, बुधबार  

6
Shares

विराटनगर । कोशी प्रदेशमा आगामी बैशाख ६ गतेका लागि प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाका एक चौथाइ भन्दा बढी प्रदेशसभा सदस्यहरूले दिएको पत्रको आधारमा उक्त अधिवेशन बोलाएका हुन् ।

‘कोशी प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ भन्दा बढी प्रदेशसभा सदस्यहरूको मिति २०८०/१२/२६ गतेको लिखित अनुरोधमा माननीय प्रदेश प्रमुख पर्शुराम खापुङज्यूले नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम संवत् २०८१ साल वैशाख ६ गते बिहीबार दिनको १ः०० बजे कोशी प्रदेशसभा हल, विराटनगरमा कोशी प्रदेशसभाको अधिवेशन आव्हान गर्नुभएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ४ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि