८ चैत्र २०८२, आइतबार । March 23, 2026

बुधबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट


२८ चैत्र २०८०, बुधबार  

6
Shares

काठमाडौं । बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

आइतबार र मंगलबार गरी ३१ अकंमाथिले बढेको नेप्से सूचक तेस्रो कारोबार दिन बुधबार १०.७१ अंकले घट्दै २ हजार २५.३० अंकमा ओर्लिएको हो । बुधबार नेप्से सूचक घटेसँगै यता कारोबार समेत घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ३ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ बराबरको ८६ लाख ९६ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।

अघिल्लो दिन ९ अंकले नेप्से बढेको बजारमा ४ अर्ब १४ करोड ३७ लाख रुपैयाँ बराबरको ९७ लाख ८९ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको थियो । बुधबार म्यानु एण्ड प्रो र ट्रेडिङ समूहको दुईवटा उपसूचक बाहेक अरु ११ वटा उपसूचक ऋणात्मक भएका छन् ।

म्यानु एण्ड प्रो र ट्रेडिङ समूहको उपसूचक भने आज क्रमशः ०.१३ प्रतिशत र १.४६ प्रतिशतले बढेका छन् । कूल २४५ कम्पनी मध्ये आज ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १७६ कम्पनीको घटेको छ र ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ३ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो