३ चैत्र २०८२, मंगलबार । March 17, 2026

ट्राफिकका सास्तीः पानीदेखी शौचालय सम्म मागेरै

थापाथलीमै कार्यरत ट्राफिक वर्षा थारु गर्भवती छिन् । उनि तीन महिनाको गर्भसहित उत्साहका साथ ट्राफिक सेवा दिइरहेकि छन् । गर्भ बढ्दै गएपछि उनलाई काममा खटिन अलिक समस्या भइरहेको छ…


२८ चैत्र २०८०, बुधबार  

216
Shares

काठमाडौं । ट्राफिक प्रहरी गोविन्दराज पन्तको मास्क अधिक समय चिउँडोमुनि हुन्छ ।

धुलो र धुवाँदेखि जोगाउने मास्क उनका लागि सदुपयोग छैन । ट्राफिक व्यवस्थापन गर्न सिट्ठी बजाउनुपर्छ । मुख छोपेरै बस्न सम्भव छैन । त्यसैले स्वास्थ्य सुरक्षाको लागि दिइएको सामग्री समेत उचित तरिकाले लगाउन नपाइएको उनि बताउँछन् । नायँबानेश्वरको व्यस्त चोकमा ट्राफिक व्यवस्थापन गर्न ‘पिक आवर’ समयमा हम्मेहम्मे छ ।

गोविन्दका अनुसार बिहान र बेलुका सवारीको चापले पानी खाने समेत फुर्सद हुँदैन । तिर्खाएर रन्थनिँदा कहिलेकाहीँ पानीकै अभाव हुन्छ । आँखामा चस्मा त छ, छिनछिनमै धुलोले भरिन्छ । उनि ट्राफिक व्यवस्थापन गर्दा घरी चस्माको धुलो पुछ्छन् त घरी धुलाम्मे लुगा टक्टक्याउँछन् । बिहान डियुटिमा निस्किँदा चिटिक्का परेर निस्कियो बेलुका फर्किने बेला पुरै धुलाम्य भइन्छ । उनि भन्छन् । उपत्यकाभित्रका मुख्य चोकमा खटिएका ट्राफिक प्रहरी का आ–आफ्नै कथा र व्यथा छन् । धुलो, धुँवासित जुध्नुका साथै सर्वसाधारणका दुव्र्यवहार पनि खेप्नुपर्छ ।

थापाथलीमा खटिएकी ट्राफिक प्रहरी अन्जु नेपालीका अनुसार सिट्ठी, हात दुवैको सहायताले नियम विपरीत चलेका सवारी साधन रोक्दा चालकले अटेर गर्ने गरेको अनुभव सुनाउँछिन् । “सवारी रोकिहाले पनि दोहोरोतेहोरो कुरा गरेर झगडा गर्न खोज्छन्”, मञ्जु थप्छिन् , “तर पुरुष ट्राफिकसँग यस्तो अटेरी कम हुन्छ ।” ट्राफिक महिला भएकै कारण उनले पेसागत रुपमा सहनुपर्ने पीडा थुप्रै छन् । घन्टौँ उभिएर ड्युटीमा खटिइरहेको बेला शौचालय गर्न पनि सजिलो छैन । कपिलवस्तु घर भएकी प्रमिला थारू महिनावारीको समय अत्यन्त कठिन महसुस भएको बताउँछिन् ।

थापाथली चोकमा कार्यरत उनले सेनिटरी प्याड फेर्न शौचालय नहुँदा सास्ती खेप्नु परेको अनुभव छ । “कुनै होटल वा ग्यारेजमा गएर शौचालय प्रयोग गर्नुपर्छ”, उनले भनिन्, “सधैँभरि अरूको शौचालयमा जाँदा निकै असजिलो महसुस हुन्छ ।” सेनिटरी प्याड फेरेर कहाँ फाल्ने ? उनले यस्ता स–साना तर स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने महिला ट्राफिकका समस्या रहेको सुनाइन् । शौचालयकै झन्झटले पानी पर्याप्त खान नसकिने उनि बताउँछिन् । थापाथलीमै कार्यरत ट्राफिक वर्षा थारु गर्भवती छिन् । उनि तीन महिनाको गर्भसहित उत्साहका साथ ट्राफिक सेवा दिइरहेकि छन् । गर्भ बढ्दै गएपछि उनलाई काममा खटिन अलिक चुनौती थपिँदै गएको बताउँछिन् ।

केही साताअघि मात्रै चोकमा ड्युटीमा कार्यरत वर्षालाई रिङ्गटा लाग्यो । उभिएर चर्को घाममा काम गर्दा उनको शरीर थामिएन । “रिङ्गटा लागेर भुईंमा थचक्कै बसेछु,” उनि सुनाउँछिन्, “केहीबेरमा होस आयो, अनि कामतिर लागेँ ।” ट्राफिकको दायित्वमा फुर्सद भन्ने शब्द नै नरहेको उनि बताउँछिन् । ट्राफिक प्रहरीले पानी खान पनि पानी बोकेर ल्याउने सवारीसँग माग्नुपर्ने बाध्यता छ । सार्वजनिक शौचालय नहुँदा शौच गर्न झन्झट खेप्नुपर्ने, शौचालयको अभावले पेटभरि पानी खान पनि डराउनुपर्ने, जस्ता समस्या ट्राफिक प्रहरीका लागि नौलो होइन् ।

चर्को घाममा उभिएर यातायात व्यवस्थापनमा सेवा दिइरहेका प्रहरीले सर्वसाधारणबाटै सहयोगको अपेक्षा गर्ने गर्छन् । सर्वासाधारण र सवारी चालकले ट्राफिक नियम पालना गरिदिए शतप्रतिशत कटिनाई हट्ने ट्राफिक प्रहरी गोविन्दराज पन्त बताउँछन् । उनका अनुसार सर्वसाधारणले सकेसम्म आकासेपुल, जेब्राक्रसिङ् प्रयोग गर्नु भए, सवारी चालकले सचेत भएर सवारी चलाए ट्राफिकको आधै झन्झट सुल्झिन्छ ।

त्यस्तै, धुवाँ र धुलो उड्ने औद्योगिक क्षेत्र व्यवस्थित गर्नु, जीर्ण सडक मर्मत गर्नु, ट्राफिक लाइटको व्यापक प्रयोग गर्न सकिए ट्राफिक प्रहरीका दुःख निकै कम हुने एसपी विश्वराज खड्काले बताए । “ट्राफिक व्यवस्थापन प्रविधिमैत्री बनाउन जरुरी छ”, उनि भन्छन्, “ट्राफिक लाइटको प्रयोग गर्ने, पुराना सवारी थन्काउने र ट्राफिक चेतना दिनसके हामी यति धेरै जोखिम उठाउनु पर्दैन ।” संविधानको धारा, ३० मा मौलिक हकका रुपमा ‘प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न पाउने हक’ को व्यवस्था छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१८ मा वायु प्रदूषणका कारण नेपालमा ३७ हजार मानिसको मृत्यु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१५ मा उपत्यकामा गरेको अध्ययनमा यहाँको धुलोमा हानिकारक कण रहेको फेला पारेको थियो । ट्राफिकको स्वास्थ्य परीक्षणमा पछिल्लो समय प्रदूषणकै कारण ट्राफिक प्रहरीमा छाला चिलाउने र उच्च रक्तचापको समस्या बढ्दै गएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार हाल उपत्यकाभित्र एक हजार सात सय ९७ जना ट्राफिक प्रहरी कार्यरत छन् ।

तीमध्ये पुरुष एक हजार पाँच सय ८४ र महिला दुई सय १३ छन् । ट्राफिक महिला सङ्ख्यामध्ये पाँचजना गर्भवती अवस्थामा छन् । गर्भवती ट्राफिक महिलाको स्वास्थ्यमा कर्यालय सचेत रहेको एसपी खड्काले जानकारी दिए । प्रहरीको नियमित जाँच गर्न सक्ने अवस्था नभए पनि आवश्यकताका आधारमा स्वास्थ्य जाँच हुन्छ । सामान्य जाँच गर्दा सामान्य असर देखिन्छ तर ट्राफिकको स्वास्थ्य प्रभाव दीर्घकालीन रुपमा पर्ने एसपी खड्क बताउँछन् ।

उनका अनुसार ट्राफिक महिलाप्रति अझै संवेदनशील क्षेत्र रहेको छ । गर्भवती ट्राफिक महिलाले सेवा प्रदान गर्दै स्वास्थ्य सन्तान जन्माउने वातावरण दिन चुनौती छ । भएको स्रोत र साधनबाट गर्भवती ट्राफिक महिलामैत्री परीक्षण गर्ने व्यवस्था मिलाएको उनि बताउँछन् । “गर्भवती महिला ट्राफिकको प्रसूतिसम्बन्धी जाँच गर्ने व्यवस्था मिलाएका छौँ”, उनि भन्छन् । चर्को प्रदूषणले ट्राफिक प्रहरीको स्वास्थ्यमा समस्या आइरहेको उनि सुनाउँछन् ।

धुलो र धुवाँका कारण ट्राफिक प्रहरीको आँखा पाक्ने, चिलाउने र छाती दुख्नेजस्ता समस्या उत्पन्न भएका छन् । पछिल्लो समय छालाको एलर्जी र उच्च रक्तचाप समेत देखिने गरेको उनले सुनाए । सरकारले मास्क, चस्मा, पञ्जाजस्ता स्वास्थ्य सुरक्षाका साधन उपलब्ध गराए पनि ट्राफिक प्रहरीलाई प्रदूषणबाट बच्न कठिन छ । कार्यालय स्थानमा अझै पनि पूर्णरुपमा सकरात्मक विभेदको सिद्धान्त लागू नभएको अधिकारर्मी बताउँछन् ।

अधिकारकर्मी मोहना अन्सारी गर्भवती हुनु सामान्य कुरा नभएको सुनाउँछिन् । कुनै जीवनलाई जन्म दिने हो । यस्तो बेला मानसिक र शारीरिक रुपमा असर पर्छ । जुनसुकै काम कागजको महिला जो गर्भवती हुनुहुन्छ उहाँप्रति कर्यालयले सहज बनाउनुपर्ने उनले सुनाईन् ।“उहाँ प्रहरी मात्रै होइन, गर्भवती महिला पनि हुन भनेर संवेदनशीलता अपनाउनु पर्छ”, अन्सारी भन्छिन् ,“कहिलेकाहीँ मानवीय दृष्टिकोणले संरक्षण गर्न नीति नै हुनुपर्छ ।” अन्सारीले गर्भवती प्रहरीको स्वास्थ्य ख्याल गर्दै लैङ्गिक नीति बनाउनुपर्ने बताइन् ।

वातावरणविज्ञ डा केदार रिजालका अनुसार ट्राफिक प्रहरीले ध्वनि र वायु प्रदूषणको असर भोग्नुपरेको छ । वायुमा पाइने पिएम २ दशमलव ५ माइक्रोग्राम अत्यन्त हानिकारक हुन्छ । यो अति सूक्ष्म कण हुन्छ् । जुन नाक, मुखको माध्यमबाट सिधै फोक्सोमा पुग्छ । फोक्सोमार्फत रगतमा मिसिएर छातीसम्बन्धी अनेक रोग देखा पर्न सक्छ । अर्को ध्वनि प्रदूषण हो ।

डा.रिजालले ट्राफिक प्रहरीले घन्टौँ चर्को ध्वनिको सामना गर्दै काम गर्नुपर्ने हुँदा उहाँहरुको श्रवण क्षमता र मानसिकतामा समेत असर पर्न सक्ने खतार भएको बताउँछन् । “चर्को ध्वनिले मानसिक तनाब बढी ल्याउँछ”, उनि भन्छन्,“अनावश्यक हर्न बजाउने प्रवृत्तिको पीडा ट्राफिक प्रहरीले सहनु परेको छ । उहाँहरुको स्वास्थ्यकै लागि भए पनि सवारी चालक सचेत भइदिनुपर्छ ।” त्यस्तै, ध्वनि प्रदूषणले खासगरी गर्भवती महिला ट्राफिक प्रहरीमा बढी असर पर्न सक्ने उनि बताउँछन् ।

त्यसै त गर्भवती अवस्था संवेदनशील विषय हो । चर्को हल्ला र धुलोमा घन्टौँ खटिनुपर्दा गर्भवती महिला अरूको तुलनामा धेरै प्रभावित हुने सम्भावना रहन्छ । सुरक्षा अपनाएर ड्युटी पूरा गर्न सकिने उनि बताउँछन् ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ३ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по