२१ आश्विन २०८१, सोमबार । October 8, 2024

यस्तो रहनेछ बुधबारको मौसम



काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थानहरू साथै बाँकी पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ९ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

३७ अंकले बढ्यो नेप्से, झण्डै ८ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार परिसूचक

काभा यू–२० पुरुष भलिबलः नेपालसँग श्रीलंका सोझो सेटमा पराजित

काठमाडौं । श्रीलंकामा जारी काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिपमा नेपालसँग

बाढी–पहिरो अपडेटः मृत्यु हुनेको संख्या २ सय ४६ पुग्यो, १८ अझै बेपत्ता

काठमाडौं । गएको असोज ११ देखि १३ गतेसम्म परेको अविरल

६ दिनमा ३ लाख ६३ हजारले छाडे काठमाडौं, टिकट पाउनै मुस्किल

काठमाडौं । नेपालीहरुको महान चाड बडादशैं मनाउन आफ्नो जन्म थलो

तोलामा ५ सयले घट्यो सुनको भाउ, चाँदी कति पुग्यो ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ