१८ असार २०८३, बिहिबार । July 3, 2026

चैत्र २४ गते शनिबार दिनभर के–के भयो ?

मन्त्री नै सहकारी पीडित ! क्रिकेट टोलीको जर्सी परिवर्तन ! पूर्वराजाको सक्रियता ! फोहोर व्यवस्थापनमा अवरोध…


२४ चैत्र २०८०, शनिबार  

159
Shares

१. इलाम–२ मा २० जनाको उम्मेदवारी दर्ता
आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ का लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २० जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । जसमा नेकपा एमालेबाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसबाट डम्बर खड्का, नेकपा एसबाट जितबहादुर राई, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दजी, मंगोल नेश्नल अर्गनाइजेशनका मनीबहादुर लिम्बूले मनोनयन दर्ता गराएका हुन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू, अर्का स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले उम्मेदवारी दर्ता गराएका छन् । यता, राप्रपाबाट लक्ष्मी गुरुङ, राप्रपा नेपालबाट गणेश बहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन दलबाट जयवन्त विक्रम शाह, नेपाली जनता दलबाट रेशम बहादुर सुनार, नेश्नल रिपब्लिकन पार्टीबाट धनराज रानामगरको उम्मेदवारी दर्ता भएको छ ।

२. बझाङमा १२ जनाको उम्मेदवारी दर्ता
आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ का मा १२ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा नेपाली कांग्रेसका तर्फबाट अभिषेक बहादुर सिंह, नेकपा एमालेबाट दमनबहादुर भण्डारी, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंह, जसपा नेपालबाट रामबहादुर जाग्री,राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा, संघीय राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, नेकपा माओवादी केन्द्रबाट जनक बहादुर बुढा, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही र नेश्नल रिपब्लिक पार्टीबाट कमल घर्तीमगरले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै नागरिक उन्मुक्ति पार्टीबाट सुशीलादेवी विष्ट, नेपाली जनता दलबाट अशोक सुनार र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोर कुमार खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।

३.मन्त्री नै सहकारी पीडित
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सहकारीमा आफ्नै २३ लाख डुबेको बताउँदै उठाइदिनेलाई दुई लाख इनाम दिने घोषणा गरेका छन् । रास्वपा उपसभापति समेत रहेका मन्त्री अर्यालले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । हाम्रो नयाँ कृर्षि सहकारीमा आफूले २३ लाख लगानी गरेको र अहिलेसम्म फिर्ता नपाएको उनको दाबी छ । साथै उनले सहकारीमा रहँदा आफूले उपाध्यक्ष हुनका लागि एउटा सहीछाप गर्नु बाहेक अरु कुनै कारोबारमा सही नगरेको समेत दाबी गरे ।

४.पूर्वराजाको सक्रियता
पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा सर्वपक्षीय सम्मेलन र नयाँ सम्झौताको पक्षमा जनमत बढेको बताएका छन् । शनिबार जुम्लाको खलंगामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनेका छन्,‘अब सुध्रौं, अब चेतौं र सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाऔं, मार्ग सुधार गर्दै नयाँ समझदारी गरौं ।’ साथै उनले राष्ट्रको पुरानो गौरव फर्काउन आफ्नै पाखुराको बलमा अघि बढ्न कम्मर कस्न देशवासीलाई आह्वान समेत गरेका छन् ।

५.नेपाली क्रिकेट टोलीको जर्सी परिवर्तन
आगामी जेठमा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपको लागि नेपालको जर्सी नयाँ हुने भएको छ । नयाँ जर्सीमा सबभन्दा तल गैंडा र सगरमाथा हुनेछ । रातो, हल्का मधुरो र सेतो रंगमा हुनेछ । बीचमा नेपाल लेखिएको हुनेछ । बीचको भागमा निलो रंग हुनेछ । बयाँतर्फ क्यान र दायाँतर्फ टी–२० विश्वकपको लोगो हुनेछ । घाँटीको भाग रातो रंगमा हुनेछ । दुवै भागतर्फ बाउलामा नेपालको झण्डा हुनेछ । क्यानले चाँडै पत्रकार सम्मेलन गरेर नयाँ जर्सी सार्वजनीक गर्ने तयारी गरेको छ ।

६. फोहोर व्यवस्थापनमा अवरोध
विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडामा व्यवस्थापना गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन् । ‘बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’(नुवाकोट–धादिङ)ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिलसाइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहर व्यवस्थापनमा अवरोध गरेको हो ।

७. त्रिशूली नदी पुलमा आवागमन बन्द
नुवाकोटको विदुर नगरपालिका–६ त्रिशूली नदीको पक्की पुलको लठ्ठा चुँडिएपछि आवागमन पूर्णरुपमा बन्द भएको छ । देवघाट जलविद्युत केन्द्रको निर्माणको समयमा करिब ४० बर्षअघि निर्माण भएको पुलका मुख्य चारमध्ये एउटा लठ्ठा चुडिँएकाले पुलबाट आवागमन बन्द गरिएको हो । गएको पुस पहिलो साता पुलको लठ्ठामा समस्या देखिएपछि दुईपाङ्ग्रे सवारीसाधनलाई मात्र पुलबाट आउजाउको अनुमति दिइएको थियो ।

८.आगलागीमा परि एक जनाको मृत्यु
ललितपुरको हात्तिवनस्थित सिक्मा मेटल इन्टेक्स प्रालिमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान करिब ६ बजेको समयमा उक्त उद्योगमा आगलागी भएको थियो । आगलागी भएको उद्योगबाट एकजना पुरुषको शव जलेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

९. पर्यटन बोर्डको सीईओ पदमा आवेदन खुला
नेपाल पर्यटन बोर्डमा लामो समयदेखि रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्तिका लागि आवेदन खुला गरिएको छ । नेपाल पर्यटन बोर्डको सीईओ छनोट उपसमितिले शनिबार सूचना प्रकाशित गर्दै इच्छुक व्यक्तिबाट आवेदन मागेको हो । पूर्वसीईओ धनन्जय रेग्मीको कार्यकाल सकिएसँगै बोड नेतृत्वविहीन थियो । सीईओ पदको कार्यकाल चार वर्षको हुन्छ । इच्छुक प्रतिस्पर्धीलाई १२ दिनभित्र आवेदन दिन समय उपलब्ध गराइएको छ ।

१०. झलनाथको दाबी
पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलाम–२ मा आफ्नो पार्टीले चुनाव जित्ने दाबी गरेका छन् । मनोनयन दर्ता पछि पत्रकारहरुसँग कुरा गर्दै खनालले आफ्नो पार्टीका उम्मेदवार जितबहादुर राईले चुनाव जित्ने दबी गरेका हुन् । उनले अरु पार्टीहरुले पनि उम्मेदवारी फिर्ता लिएर एकीकृत समाजवादीका उम्मेदवारलाई सहयोग गर्न आह्वान समेत गरेका छन् ।

११. कांग्रेस सभापति देउवाको निर्देशन
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीलाई एक्लै बहुमत ल्याउने गरी कम्मर कसेर लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । शनिबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सभापति देउवाले मुलुकमा विद्यमान राजनीतिक अस्थिरताबारे संकेत गर्दै कांग्रेस एक्लैलाई आगामी निर्वाचनमा बहुमत ल्याउने पार्टी बनाउन अपरिहार्य रहेको बताए ।

१२. राजेन्द्र महतोको प्रर्दशनमा झडप
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा आइतबार काठमाडौँमा झडप भएको छ । झडपका क्रममा कम्तीमा २७ जना घाइते भएको प्रहरीले जनाएको छ । झडपमा २ जना प्रहरी पनि घाइते भएका छन् । घाइते प्रहरीमध्ये एक जनाको अवस्था गम्भिर रहेको छ । घाइतेहरुको काठमाडौंका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ७ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर