१७ बैशाख २०८३, बिहिबार । April 30, 2026

चैत्र २२ गते बिहीबार दिनभर के–के भयो ? (भिडियो सहित)

कांग्रेसले तोक्यो उम्मेदवार ! प्रचण्डलाई गम्भिर आरोप ! वाइडवडी प्रकरणको नालिबेली ! रविलाई हाईसञ्चो…


२२ चैत्र २०८०, बिहिबार  

216
Shares

१. नेपाली कांग्रेसले तोक्यो उम्मेदवार
नेपाली कांग्रेसले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने भएको छ । बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानलीकण्ठमा बसेको संसदीय बोर्ड बैठकले इलाम–२ मा खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । खड्का गएको बर्ष मंसिर ४ मा भएको निर्वाचनमा सुवासचन्द्र नेम्वाङसँग पराजित भएका व्यक्ति हुन् । यस्तै बझाङ प्रदेशसभा– १ मा अभिषेक सिंहलाई कांग्रेसले उम्मेदवारको रुपमा अघि सारेको छ ।

२. माओवादीले उम्मेदवारी नदिने
आगामी बैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले उम्मेदवारी नदिने भएको छ । माओवादीले सत्ता साझेदार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने निर्णय गरेको छ । माओवादी केन्द्रबाट उम्मेदवार बनेका धिरेन्द्र शर्मालाई नाम फिर्ता लिन लगाएर एमालेलाई सहयोग गर्ने निर्णय पार्टी बैठकले गरेको हो ।

३. वाइडवडी प्रकरणमा पुर्वमन्त्रीसहित ३२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
वाइडवडी विमान खरिद प्रक्रियामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । पूर्वपर्यटन मन्त्री जीनवबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक सुगतरत्न कंसाकार, पूर्वपर्यटन सचिव शंकर अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएर बिहीबार आयोगले मुद्दा दायर गरेको हो । वाइडवडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको दाबी छ ।

४. शाहीको सांसद पद निलम्बन
वाइडवडी खरिद प्रकरणमा जोडिएका नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीको सांसद पद निलम्बन्मा परेको छ । बिहीबार बिशेष अदालतमा मुद्दा परेसँगै भ्रष्टचार निवारण ऐन, २०५८ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ मा भएको व्यवस्था अनुसार शाही स्वतः निलम्बनमा परेका हुन् ।

५. संसदीय छानबिन समिति नबनाउने
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगीको आरोप छानबिन गर्न सरकारले उच्चस्तरीय छानबिन समिति नबनाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्री लामिछाने माथि लागेको आरोप प्रमाणित हुने यथेष्ट प्रमाण नभेटिएकाले छानबिन समिति नबनाउने निर्णय गरेको हो ।

६. प्रधानमन्त्री प्रचण्डमाथि गम्भिर आरोप
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै कारण संघीयता धरापमा परेको आरोप लगाएका छन् । बिहीबार प्रदेशसभा समक्ष राजीनामा दिँदै उनले प्रधानमन्त्रीको उथलपुथलका कारण संघीयता खतरामा परेको आरोप लगाएका हुन् । संघीयतामाथि जटिल प्रश्न उठेको भन्दै यस्तो अवस्था आउनुको कारण प्रदेश नभई संघका नेताहरू भएको उनको आरोप छ ।

७. गायक राजेशपायल राई र पत्नी साङबुङ राईबीच सम्बन्ध विच्छेद
गायक राजेशपायल राई र पत्नी साङबुङ राईबीच कानुनी रुपमै सम्बन्ध विच्छेद भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधिश पदमराज पाण्डेको एकल इजलासले सम्बन्ध विच्छेदको फैसला सुनाएको हो । गायक राईले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका थिए ।

८. प्रधानमन्त्री प्रचण्डको अठोट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट छिट्टै नियमित अन्तर्राष्ट्रिय उडान हुने बताएका छन् । बिहीबार बसेको राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले विमानस्थल सञ्चालनका लागि भारत सरकारसँग हवाईमार्गका लागि कुरा भइरहेको तथा चीन र श्रीलङ्कासँग सिधा उडानका लागि संवाद भइरहेको समेत स्पष्ट पारेका छन् ।

९. मन्त्रीहरुलाई कडाई
मन्त्रीहरुले आफूले गरेको कामबारे हरेक दिन प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुपर्ने भएको छ । प्रधनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुले हरेक दिनको कामबारे आफूलाई ब्रिफिङ गर्नुपर्ने बताएका हुन् । मन्त्रिपरिषद्को बैठकमा कर्मचारीहरु किन निर्णय गर्न डराउँछन् भनेर समेत गम्भीर छलफल भएको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ८ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट

दशैं–तिहार लक्षित युरोनेपाल ट्राभलको सस्तो हवाई टिकट अफर सार्वजनिक, यात्रुलाई विशेष सुविधा

काठमाडाैँ । युरोपमा रोजगारी तथा बसोबास गर्दै आएका नेपालीहरूलाई लक्षित

सङ्गीतमार्फत विश्व शान्तिको सन्देश ! “म्यूजिक फर पीस” कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘जर्नलिस्ट

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक