२२ फाल्गुन २०८२, शुक्रबार । March 7, 2026

चैत्र २१ गते बुधबार दिनभर के–के भयो ? (भिडियो सहित)

सरकार गठनको आह्वान ! एमालेको आरोप ! बन्धक बनेका रवि ! नेपाल फाइनलमा…


२१ चैत्र २०८०, बुधबार  

144
Shares

१. सरकार गठनको आह्वान
गण्डकी प्रदेशकोे मुख्यमन्त्री पदमा दाब पेस गर्न संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई प्रदेश प्रमुखले ७ दिनको समय दिएका छन । बुधवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले २७ गते दिउँसो ३ बजेभित्र नयाँ मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका हुन् । भट्टले संविधानको धारा १६८ को उपधारा (२) अनुसार नै बहुमतको सरकार गठनको लागि दलहरूलाई मौका दिएका हुन् ।

२. कर्णालीमा एक साताभित्र नयाँ सरकार गठन गर्न आह्वान
कर्णाली प्रदेशमा एक साताभित्र नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखबाट आह्वान भएको छ । बुधबार मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको आह्वान गरेका हुन् । नयाँ सरका गठनका लागि चैत्र २७ गते साँझ ५ बजेर ५० मिनेट सम्मको समय दिइएको छ ।

३. कांग्रेस महामन्त्री शर्माको आरोप
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीमा ठगी गर्ने कोर टिम र ढोकामा बसेर ढाकछोप गर्ने डोर टिम रहेको दाबी गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री शर्माले गोर्खा मिडियामा सहकारीको ८० करोड कर्जा लगानीमा रवि लामिछानेको संलग्नता रहेको दाबी गरेका छन् ।

४. साझा पेट्रोल पम्प चौबिसै घण्टा खुला हुने
साझा पेट्रोल पम्प अब चौबिसै घण्टा खुला हुने भएको छ । बुधबार साझा सेवा सहकारी बल्खुमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले चौबिसै घण्टा पेट्रोल पम्प खुला गर्ने कार्यक्रमको उद्घाटन गरेका हुन् । अघिल्लो सातादेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीको पम्प चौबिसै घण्ट खुला गराएका थिए ।

५. मन्त्री श्रेष्ठको आश्वासन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको विषयमा छानबिन भइरहेको बताएकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले दोषीलाई त्रिवि ऐनअनुसार कारबाही गरिने समेत उल्लेख गरिन ।

६. न्यायाधीश गिरीलाई थुनामा पठाउन आदेश
सर्वोच्च अदालतले बैवाहित बलात्कारको आरोप लागेका न्यायाधीश भुवन गिरीलाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीशहरु हरि फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासले जिल्ला अदालत र उच्च अदालतको आदेशलाई बदर गर्दै गिरीलाई थुनामा पठाउन आदेश दिएको हो । जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले गिरीलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

७.प्रदेश सरकार गठनमा सहयोग नगर्ने राप्रपाको निर्णय
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेशमा सरकार गठन वा मुख्यमन्त्रीले विश्वासको मत लिँदा सत्ता गठबन्धनलाई सहयोग नगर्ने भएको छ । बुधबार बसेको पदाधिकारी बैठकले सत्ता गठबन्धनलाई सहयोग नगर्ने निर्णय गरेको हो । यद्यपी, सत्ता गठबन्धन बाहिरको दललाई समर्थन गर्ने वा नगर्नेबारे स्पष्ट निर्णय गरेको छैन् ।

८.नउपा सुदूरपश्चिममा रडाको
नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेठको निर्देशन विपरित प्रमुख सचेतक खुसीराम थारुले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन ह्वीप जारी गरेका हुन् ।

९. नेपाल ए को कमजोर प्रर्दशन
त्रिवि क्रिकेट मैदानमा जारी आयरल्याण्ड ए विरुद्धको एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल ए २१ रनले पराजित भएको छ । पहिले बलिङ गर्दै आयरल्याण्ड ए लाई १ सय ५७ रनमै समेटेको नेपालको ब्याटिङ राम्रो नचल्दा २५ दशमलव ३ ओभरमा अलआउट हुँदै १ सय ३६ रन मात्रै बनाउन सक्यो ।

१०. एमालेको आरोप
नेकपा एमालेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिएर नेपाली कांग्रेसले अराजक व्यवहार देखाएको आरोप लगाएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्लौलाले गृहमन्त्री लामिछानेले सत्तापक्ष र सर्वसाधारणले आफूमाथि लगाएको आरोपको खण्डन कसरी गर्छन भन्ने सुन्न चाहेपनि कांग्रेसले नदिएर संसदमा अराजकता मच्चाएको टिप्पणी गरेका हुन् ।

११. गुजरातलाई हराउँदै नेपाल फाइनलमा
भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कपमा गुजरातलाई ८ रनले हराउँदै नेपाल फाइनलमा पुगेको छ । नेपालले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर जम्मा १ सय ७३ रन मात्र बनाउन सक्यो । नेपालका लागि सोमपाल कामीले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । त्यस्तै गुलशन झाले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट, कुशल मल्लले १ ओभरमा ३ रन खर्चेर २ विकेट लिएका थिए भने विवेक यादवले १ विकेट लिएका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ८ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по