१६ बैशाख २०८३, बुधबार । April 30, 2026

चैत्र २० गते (आज) दिनभर के–के भयो ? (भिडियो सहित)

प्रचण्ड पथमा विप्लव ! नेपालको लगातार दोस्रो जित ! माओवादी नेता कालीबहादुर पक्राउ…


२० चैत्र २०८०, मंगलबार  

69
Shares

१.प्रचण्ड पथमा विप्लव
समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लवले यथास्थितिमा क्रमभङ्ग गर्न जरुरी भएको बताएका छन् । मंगलबार समाजवादी मोर्चाले काठमाडौंमा गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र अग्रगामी र क्रान्तिकारीले ल्याएको व्यवस्था भएपनि जनताका यावत समस्या समाधान नभएको तर्क गरेका थिए । दलाल पुँजीवादको अन्त्य नभएसम्म जनताको अधिकार स्थापित हुन नसक्ने भएकाले अहिलेको व्यवस्थामा प्रधानमन्त्रीले चाहेर पनि काम गर्न नसक्ने उनको दाबी छ ।

२.सहकारी ठगीमा श्रममन्त्री अर्याल पनि जोडिए
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेसहित रास्वपाका अन्य नेताहरु पनि सहकारी ठगी प्रकरणमा जोडिएको आरोप लगाएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद रामकृष्ण यादवले गृहमन्त्री लामिछानेसहित रास्वपा उपसभापति तथा श्रममन्त्री डोलप्रसाद अर्याल र सहमहामन्त्री कविन्द्र बुर्लाकोटी पनि सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लगाएका हुन् । श्रममन्त्री अर्याल उपाध्यक्ष रहेको हाम्रो नयाँ कृषि सहकारी संस्थाका बचतकर्ताको ४ करोडभन्दा बढी हिनामिना भएको सांसद यादवको आरोप छ ।
३. हत्या आरोपमा फरार माओवादी नेता कालीबहादुर पक्राउ
हत्या आरोपमा फरार रहेका माओवादी केन्द्रका नेता कालीबहादुर खाम ‘विविध’ पक्राउ परेका छन् । उनी कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा प्रहरीको फरार सुचिमा रहेका थिए । प्रहरीले खामलाई रामहरी हत्या प्रकरणका प्रमुख योजनाकार मानेको छ । माओवादी लडाकूका पूर्व डिभिजन कमाण्डर समेत रहेका खाम माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य पनि हुन् ।

४. रेशमलाई रञ्जिताको काउन्टर
नागरिक उन्मुक्ति पार्टी (नाउपा) को विवाद थप उत्कर्षमा पुगेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरी पक्षले बोलाएको बैठक आधिकारिक नभएको सुचना निकालेकी छन् । निर्वाचन आयोगले मान्यता नदिएको टिकापुर महाधिवेशनबाट महासचिव चुनिएका गंगाराम चौधरीले सोमबार सुचना निकालेर यहि चैत्र २३ र २४ गते बैठक आह्वान गरेका थिए । तर, मंगलबार पार्टी अध्यक्ष रञ्जिताले त्यो बैठक आधिकारिक नभएको बताएकी हुन् ।

५.नाउपा विवाद मिलाउन प्रचण्डको दौडधुप
नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको विवादलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार दुवै पक्षलाई बोलाएर छलफल गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीलाई छुट्टाछुट्टै बोलाएर प्रचण्डले छलफल गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले दुवै जनालाई अपसमा मिलेर अगाडी बढ्न सुझाव समेत दिएका छन् ।

६. मंगलबार नेप्से परिसूचकमा सामान्य अंकको गिरावट
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एक दशमलव ८५ प्रतिशतले घटेर दुई हजार १० दशमलव २१ बिन्दुमा कायम भएको छ । आज तीन सय १२ कम्पनीको ६१ लाख ३१ हजार छ सय २१ कित्ता शेयर ४६ हजार दुई सय ३५ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब २९ करोड १६ लाख ४५ हजार पाँच सय ८५ बराबरको कारोबार भएको छ ।

७. शहरी विकास मन्त्रीसँग बालेनको भेट
शहरी विकासमन्त्री धनबहादुर बुढा र काठमाण्डौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । नुवाकोटको बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनमा सहकार्य गरेर अघि बढ्ने विषयमा दुई पक्षबीच छलफल भएको हो । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटवार्तामा उपत्यकाको फोहोर व्यवस्थापन, ट्राफिक जामको व्यवस्थापन, खोला किनारमा रहेका अवव्यवस्थित बस्तीहरु हटाउने जस्ता विषयमा छलफल भएको थियो ।

८. कर्णालीका मुख्यमन्त्री शर्माले लिएनन् विश्वासको मत
कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । केन्द्रमा भएको सहमतिअनुसार कर्णालीमा मुख्यमन्त्रीको भाग एमालेले पाएको भएपनि माओवादी केन्द्रले पहिलो चरणमा पार्टीकै नेतृत्व हुनुपर्ने अडान राख्दै आएको छ । सोही विवाद समाधान हुन नसक्दा मङ्गलवार मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची नै प्रभावित भएको हो । बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।

९. प्रत्यक्ष निर्वाचित कार्यकारीको विपक्षमा माधव नेपाल
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानु नहुने बताएका छन् । उनले पैसा हुनेले निर्वाचन जित्ने परिपाटी विकास भएको भन्दै निर्वाचनको यस किसिमको विकृतिलाई नियन्त्रण गर्न आवश्यक रहेको बताएका हुन् । नेपालमा प्रत्यक्ष कार्यकारी आउँदा देशको सबै गहना लुटेर लग्ने उनको जिकिर छ । अध्यक्ष नेपालले जनताबाट निर्वाचित जनप्रतिनिधिहरूले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता रहेको समेत औँल्याए ।

१०. प्रत्यक्ष निर्वाचित कार्यकारीको माग गर्दै मेयर साम्पाङको पर्दशन
धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग गर्दै मंगलबार बिहान काठमाडौँमा एकल प्रदर्शन गरेका छन् । उनि धिरानका विकास निर्माण योजनासहित मन्त्री र प्रधानमन्त्रीलाई भेट्न काठमाडौँ आएका थिए ।

११. बागमतीमा चार मन्त्रीले लिए शपथ
बागमती प्रदेशमा नेकपा एमालेबाट नियुक्त भएका चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले मन्त्री बनेका काठमाडौंका केशव पोखरेल र प्रकाश श्रेष्ठ, ललितपुरका रामेश्वर श्रेष्ठ, मकवानपुरका एकालाल श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । प्रकाश श्रेष्ठले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन, पोखरेलले वन तथा वातावरण, एकालाल श्रेष्ठले खानेपानी, उर्जा तथा सिँचाईं र रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

१२.संविधान पूर्ण नभएको प्रधानमन्त्री प्रचण्डको जिकिर
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान संविधान सबै किसिमले पूर्ण नरहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अहिलेको संविधान सम्झौताकै दस्ताबेज भएको बताए । साथै प्रधानमन्त्री प्रचण्डले नयाँ सत्ता समिकरण बनाउनुको उद्देश्य प्रधानमन्त्री बन्नका लागि नभएको जिकिर समेत गरे ।

१३. नेपालको लगातार दोस्रो जित
भारतमा जारी ‘एसएमएस फ्रेन्ड्सिप कप’ त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलामा नेपालले लगातार दोस्रो जित निकालेको छ । नेपालले मंगलबार भएको खेलमा भारतको राज्यस्तरीय टोली बरोडालाई २७ रनले पराजित गरेको हो । यसअघि आफ्नो पहिलो खेलमा नेपाली टोलीले गुजरातलाई हराएको थियो । मंगलबारको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ५६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बरोडाले भने निर्धारित ओभरमा सबै विकेट गुमाएर एक सय २९ रनमात्र बनाउन सक्यो ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ८ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट

दशैं–तिहार लक्षित युरोनेपाल ट्राभलको सस्तो हवाई टिकट अफर सार्वजनिक, यात्रुलाई विशेष सुविधा

काठमाडाैँ । युरोपमा रोजगारी तथा बसोबास गर्दै आएका नेपालीहरूलाई लक्षित

सङ्गीतमार्फत विश्व शान्तिको सन्देश ! “म्यूजिक फर पीस” कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘जर्नलिस्ट

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक