२० असार २०८३, शनिबार । July 4, 2026

आज दिनभर के–के भयो ?

नाउपामा कुटाकुट ! देश छाड्नेको लर्को ! रेशमले दिए ज्यान मार्ने धम्की ! मुख्यमन्त्री कट्टेललाई विश्वासको मत…


१९ चैत्र २०८०, सोमबार  

60
Shares

१.मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन्। सोमबार बागमती प्रदेश सभा बैठकमा जम्कट्टेलले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरे । उनलाई माओवादी केन्द्रका २१, नेकपा एमालेका २७, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका १ जना सांसदले विश्वासको मत दिएका हुन् ।

२. अन्तिम खेलमा नेपाल विजयी
आयरल्याण्ड ए विरुद्धको टी–२० अभ्यास खेल अन्तर्गत सोमबार भएको तेस्रो तथा अन्तिम खेलमा नेपाल ए ३ रनले विजयी भएको छ । पहिलो र दोस्रो खेलमा हार व्यहोरेको नेपालले अन्तिम खेलमा रोमाञ्चक जित निकालेको हो । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपाल ए ले निर्धारित ओभरमा सात विकेट गुमाएर दुई सय १३ रन बनाएको थियो । जवाफी व्याटिङमा ओर्लिएको आयरल्याण्डले २० ओभरमा सात विकेट गुमाएर दुई सय १० रनमात्र बनाउन सकेको थियो । यद्यपी सिरिज भने आयरल्याण्ड ए ले २–१ ले जितेको छ ।

३. नाउपा बैठकमा कुटाकुट
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र संस्थापक रेशम चौधरी पक्षका नेताहरुबीच झडप भएको छ । सोमबार अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक चलिरहेकै बेला नेताहरुबीच झडप भएको हो । निर्वाचन आयोगले नाउपाको अध्यक्षमा रेशम चौधरीलाई मान्यता नदिएपछि पार्टीमा रञ्जिताकै अध्यक्षतामा रहेको २१ केन्द्रीय समिति नै आधिकारि छ । तर, बैठकमा रेशम पक्षका नेताहरुले सबैलाई समेटेर लैजानुपर्ने भन्दै विवाद गरेपछि झडप सुरु भएको हो ।

४. रेशमले दिए आफ्नै नेतालाई ज्यान मार्ने धम्की
नागरिक उन्मुक्ति पार्टीका संस्थापक केन्द्रीय सदस्य रमेश बिकले पार्टीका संस्थापक रेशम चौधरीले आफूलाई ज्यान मार्ने धम्की दिएको बताएका छन् । आइतबार पार्टीको आन्तरिक छलफलका बेला चौधरीले आफूलाई हत्या पनि हुन सक्छ भन्दै धम्काएको उनको आरोप छ । साथै सोमबार अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा संस्थापक केन्द्रीय सदस्यहरुको बैठक सुरु हुनुअघि आफूमाथि रेशमसँग आएका व्यक्तिहरुले कुटपिट गरेको समेत बिकले बताएका छन् ।

५.चीन भ्रमण उपलब्धिमूलक भएको परराष्ट्रमन्त्रीको दाबी
उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमण उपलब्धिमूलक भएको बताएका बताएका छन् । एक साता लामो जनवादी चीनको भ्रमण सकेर सोमबार स्वदेश फर्किएका मन्त्री श्रेष्ठले भ्रमण आन्तरिक श्रोत, साधनलाई कसरी वृद्धि गर्ने र विदेशी लगानी भित्र्याउने भन्नेमा केन्द्रित रहेको दाबी गरे । यस्तै उनले बीआरआई कार्यान्वयनमा कुनै समस्या नभएको भन्दै यसलाई छिट्टै अन्तिम रुप दिने समेत बताएका छन् ।

६. केजरीवाललाई १५ दिन हिरासतमा राख्न आदेश
भारतको अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई १५ दिनका लागि न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ । राउज रेभेन्यू कोर्टले १५ अप्रिलसम्म केजरीवाललाई न्यायिक हिरासतमा राख्न आदेश दिएको हो । उनलाई मदिरासम्बन्धी नीतिमा भ्रष्टाचार गरेको आरोपमा गत मार्च २१ मा गिरफ्तार गरिएको थियो । अदालतको आदेशपछि अब उनलाई तिहाड जेलमा राखिनेछ ।

७. फागुन महिनामा ६५ हजारले छाडे देश
फागुन महिनामा ६५ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार फागुनमा ६५ हजार ६ सय ५८ जना श्रम स्वीकृति लिएका छन् । जसमा ५८ हजार ८ सय ९० जना पुरुष र ६ हजार ७६८ जना महिला रहेका छन् । पहिलो पटक श्रम स्वीकृति लिनेको संख्या ३९ हजार ९ सय २० रहेको तथ्याङ्कले देखाएको छ ।

८. नेपाल वायुसेवा निगमलाई जवाफ माग
न्यारोबडी जहाज खरिद प्रक्रियाका बारेमा १५ दिनभित्र स्पष्ट जवाफ पेस गर्न नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले निर्देशन दिएको छ । समितिले न्यारोबडी जहाज खरिद प्रक्रियामा भ्रष्टाचारजन्य कार्य नभएको विश्वास हुनेगरी स्पष्ट जवाफ पेस गर्न दिर्नेशन दिएको हो । समितिले २ साताभित्र चित्तबुझ्दो जवाफ नपाए थप कारबाहीको लागि बाध्य हुने चेतावनी समेत दिएको छ ।

९. सोमबार घट्यो नेप्से परिसूचक
सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६ दशमलव २६ अंकले ओरालो लागेको छ । आजको कारोबारमा परिसूचक शून्य दशमलव ३१ प्रतिशतले घटेर दुई हजार १२ दशमलव ०७ अङ्कमा सीमित भएको छ । आज विभिन्न कम्पनीका ७२ लाख ९० हजार दुई सय कित्ता शेयर ६३ हजार १५ पटक खरिद बिक्री हुँदा रु दुई अर्ब ८७ करोड ४७ लाख ५४ हजार तीन सय पाँच दशमलव ७५ मा कारोबार भएका छन् ।

१०. पाकिस्तानी पूर्व प्रधानमन्त्री खानको भ्रष्टाचारविरुद्धको मुद्दा रोक्का
पाकिस्तानको उच्च अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध भ्रष्टाचार आरोपमा भएको जेल सजायलाई रोकिदिएको छ । पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रवक्ता अहमद जान्जुआले इस्लामाबाद उच्च अदालतले खानमाथि लागेको भ्रष्टाचार आरोपलाई रोकिदिएको पुष्टि गरे । यद्यपी खानमाथि अझैपनि राज्यद्रोह र अवैध विवाहसम्बन्धी अन्य दुई मुद्दामा सुनाइएको एक दशक लामो जेल सजाय कायम रहेकाले उनि जेलमुक्त भने हुने छैनन् ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ८ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर