२३ माघ २०८२, बिहिबार । February 6, 2026

सोमबार नेप्से परिसूचक ६ दशमलव २६ अङ्कले घट्यो



काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक छ दशमलव २६ अङ्कले ओरालो लागेको छ ।

आजको कारोबारमा परिसूचक शून्य दशमलव ३१ प्रतिशतले घटेर दुई हजार १२ दशमलव ०७ अङ्कमा सीमित भएको छ । आज विभिन्न कम्पनीका ७२ लाख ९० हजार दुई सय कित्ता शेयर ६३ हजार १५ पटक खरिद बिक्री हुँदा रु दुई अर्ब ८७ करोड ४७ लाख ५४ हजार तीन सय पाँच दशमलव ७५ मा कारोबार भएका छन् ।

आजको कारोबारमा होटल र पर्यटन समूहको उपसूचक एक दशमलव १६ प्रतिशत र ट्रेडिङ समूहको उपसूचक शून्य दशमलव २० प्रतिशतले बढेको छ । साथै बाँकी समूहको उपसूचकमा गिरावट देखिएको छ । गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड र माइ खोला हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य नौ दशमलव ४४ प्रतिशतले बढेको छ ।

रिभल फल्स पावर लिमिटेडको शेयरमूल्य नौ दशमलव ९८ प्रतिशतले घटेको छ भने हिमालयन हाइड्रोपावर लिमिटेडको छ दशमलव २७ प्रतिशत, अपर लाहोर खोला हाइड्रोपावर कम्पनी लिमिटेडको छ दशमलव १७ प्रतिशत र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य पाँच दशमलव ७३ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सर्वोत्तम सिमेन्ट लिमिटेड शीर्ष स्थानमा छ । कम्पनीको रु ४७ करोड २९ लाख १७ हजारछ सय ३२ बराबरको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ४ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल