५ चैत्र २०८१, बुधबार । March 19, 2025

आईपीएल क्रिकेटः बैंगलुरु ४ विकेटले विजयी



एजेन्सी । गएराति भएको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्र्तगत रोयल च्यालेन्जर्स बैंगलुरु र पञ्जाब किंग्सबीचको खेलमा बैंगलुरु पहिलो जीत हात पारेको छ ।

विराट कोहली चम्किँदा पञ्जाबमाथि बैंगलुरुले ४ विकेटको जित निकाल्न सफल भयो । कोहलीको ७७ रनको मद्दतले टोलीले पञ्जाब किंग्सले प्रस्तुत गरेको १ सय ७७ रनको लक्ष्य ४ बल बाँकी छँदा पछ्यायो । ४९ बलको इनिङ्समा कोहलीले ११ चौका र २ छक्का हिर्काए ।

दिनेश कार्तिकले नटआउट रहँदै २८ रन तथा महिपाल लोमरोरले नटआउट रहेर १७ रन बनाउन टोलीलाई लक्ष्यसम्म पुर्याए । बैंगलुरुका लागि रजत पटिदारले १८ तथा अनुज रावतले ११ रनको योगदान दिए । यता पञ्जाबका लागि कागिसो राबाडा र हरप्रित ब्रारले २–२ विकेट हात पारे भने साम करन र हर्षल पटेलले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो । पञ्जाबका लागि कप्तान शिखर धवनले ३७ बलमा ४५ रन बनाए । त्यस्तै, जितेश शर्माले २७ रन, प्रभसिमरन सिंहले २५ तथा साम करनले २३ रनको योगदान दिए । शशांक सिंहले नटआउट रहँदै २१ रन बनाए ।

बैंगलुरुका लागि मोहम्मद सिराज र ग्लेन म्याक्सवेलले २–२ विकेट लिए ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ८ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

युगान्डबाट स्वदेश फर्कियो नेपाली राष्ट्रिय महिला टोली

काठमाडौं। चार देशीय महिला टी-२० सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि

एसईई परीक्षा अवधिभर दुर्गेश थापाले कुनै कार्यक्रम नगर्ने

काठमाडौं । गायक तथा सर्जक दुर्गेश थापाले भोलिदेखि सुरु हुन

रेकर्ड तोड्दै उकालो लाग्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा १ लाख

सिन्धुपाल्चोकको महिला टोली ‘ग्रेट हिमालय ट्रेल’ पदयात्रामा

सिन्धुपाल्चोकको एक महिला टोली १ हजार ७ सय किलोमिटर लामो

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर