२० असार २०८३, शनिबार । July 4, 2026

आज दिनभर के भयो ?

रविको प्रतिबद्धता ! किङमेकर रास्वपा ! मधेश सरकार विस्तार ! गृहमन्त्रीको स्पष्टीकरण ! ओलीको आग्रह…


१० चैत्र २०८०, शनिबार  

108
Shares

१. रविको प्रतिबद्धता
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेल जीबी राई जहाँ भएपनि समातेर ल्याउने प्रतिबद्धता जनाएका छन् । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा गरेको एक कार्यक्रममा बोल्दै उनले आकाश, पाताल जहाँ भएपनि जीबी राईलाई समातेर ल्याउने बताएका हुन् । सहकारी ठगीमा जीबी राईले गरेका गल्तीमा आफ्नो नाम पनि जोडिएकोमा उनले आपत्ति जनाएका छन् । ग्यालेक्सी टीभीमा काम गरुन्जेल मात्रै जीबीसँग सम्बन्ध रहेको र टीभी छाडेपछि सम्बन्ध पनि सकिएको उनको भनाई थियो ।


२. भ्रष्टको सातो जाने रविको भाषण
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारी जतिसुकै ठुला, चिप्ला र बाठा माछा भएपनि समातेरै छाड्ने दाबी गरेका छन् । शनिबार रास्वपाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूले भ्रष्टाचारीहरु समाउन थालेको बताउँदै जस्तोसुकै माछा भएपनि समातेरै छाड्ने उल्लेख गरेका छन् । उनले एकजना समातिँदैमा फेरी छुट्यो भने निराश नहुन र नआत्तिन आग्रह गरे । उनले समाज आत्तिएको र सबै कुरा आजै हुनुपर्ने मनस्थितिमा रहेको टिप्पणी समेत गरेका छन् ।


३. गृहमन्त्रीको स्पष्टीकरण
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महरा बिरामी भएकाले हाजिरी जमानीमा छाडेको बताएका छन् । शानिबार आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै मानवीय संवेदना र करुणाका आधारमा महरालाई हाजिरी जमानीमा छाडेको बताएका हुन् । गृहमनत्री लामिछानेले भने ‘ उहाँले ८ देखि १० वटा सम्म औषधि सेवन गरिरहनुभएको छ, अत्यन्त बिरामी हुनुहुन्छ, सम्मानित अदालतले पनि बिरामी हुनुभएको कुरा इंगित गरेको छ । राज्य निर्मम हुन सक्छ, कठोर हुन्छ, तर राज्यसँग करुणा भएन भने त्यो अन्याय हुन जान्छ’, उनले अत्यन्त नाजुक स्वास्थ्य अवस्था भइका मान्छेलाई कसैको हाजिरी जमानीमा छाडेको कुरालाई अतिरञ्जित गर्न नहुने समेत बताएका छन् ।


४. मधेश सरकार विस्तार
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एमालेका थप तीन मन्त्री नियुक्ति गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । शनिबार एमालेका प्रदेशसभा सदस्यहरु शत्रुधन प्रसाद सिंह कोइरी, राजकुमार लेखी र स्वतन्त्र जितेर एमाले प्रवेश गरेका प्रमोद जयसवालले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष मन्त्री पदको शपथ लिएका छन् । राजकुमार लेखीले गृह, सञ्चार तथा कानून, शत्रुधन सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्री र एमालेमा प्रवेश गरेका प्रमोद जयसवालले शिक्षा तथा संस्कृति मन्त्रीको रुपमा शपथ लिएका हुन । तीन मन्त्रीका साथै केशव रायले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको शपथ लिएका छन् ।


५. ओलीको आग्रह
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक व्ययभार नपर्नेगरी होली मनाउन आग्रह गरेका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित होली विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले होली मनाउँदा स्वास्थ्यमा ध्यान दिएका खेल्नुपर्ने बताएका हुन् । साथै उनले होलीले सभ्य, शान्तिपूर्ण, एकताबद्ध समाज निर्माण गर्न, राष्ट्र इकताबद्ध बनाउने कुरामा योगदान गर्न प्रेरण मिल्ने बताएका थिए ।


६. किङमेकर रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डा. स्वर्णिम वाग्लेले २० जना सांसदले नै प्रतिनिधि सभालाई चलायमान बनाइरहेको बताएका छन् । बर्तमान सन्दर्भमा पार्टीको कार्यनीति प्रष्ट पार्नलाई आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले २० जना सांसदले मात्रै प्रतिनिधिसभालाई चलायमान बनाएको बताएका हुन् । देशभर ८ सय ८४ जना सांसदमध्ये रास्वपाको २० जना मात्रै रहेको र बाँकी सांसदले के गर्दैछन् भनेर सोधखोज गर्नुपर्ने डा.वाग्लेले बताए ।


७. होलीको सुरक्षा योजना
जिल्ला प्रहरी परिसर काठमाडौंले फागु पर्व (होली) लाई सुरक्षित र मर्यादित बनाउन उपत्यकामा कडाई गरेको छ । होलीलाई लक्षित गरी काठमाडौंमा तीन हजार सुरक्षाकर्मी खटिने भएका छन् । होवी पर्वको दिन काठमाडौंमा उच्छृङ्खल गतिविधि गर्ने, लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने, मादक पदार्थ सेवन (मापसे) गरी हो–हल्ला गर्ने, सर्वसाधारणलाई त्रसिद बनाउनेलगायत क्रियाकलाप गर्नेलाई कारबाही गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । होली खेल्नेहरुको समूह तथा भीडमा सादा पोसाकका प्रहरी ठूलो संख्यामा परिचालन हुने भएकाले कोही कसैले पनि कानून विपरीतका गतिविधि नगर्न समेत प्रहरीले आग्रह गरेको छ ।


८. भूमि आयोग खारेज गर्ने सरकारको निर्णयप्रति पदाधिकारीहरूको आपत्ति
राष्ट्रिय भूमि आयोग खारेज गर्ने सरकारको निर्णयप्रति विघटित आयोगका पदाधिकारीहरूले आपत्ति जनाएका छन् । शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरी विघटित आयोगका अध्यक्ष केशव निरौलाले सरकारको सो निर्णयप्रति आपत्ति जनाउँदै निन्दा गरेका हुन् । उनले सुकुम्वासीहरूको समस्या समाधान हुन नदिने गरी सरकारले सो आयोग खारेज गरेको आरोप समेत लगाए । उनले संविधान बमोजिम बनेको सो आयोगलाई पूरा कार्यकाल काम गर्न नदिई सरकारले सुकुम्वासीहरूको नाममा राजनीति गरिरहेको जिकिर समेत गरको छन् ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ८ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर