२० कार्तिक २०८१, मंगलबार । November 5, 2024

आज दिनभर के भयो ?

छुटे महरा ! केजरीवाल पक्राउ ! बाँसबारीको जग्गा फिर्ता ! फोहोर बेच्दै महानगर…



१. छुटे महरा
सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा हाजिर जमानीमा रिहा भएका छन् । जिल्ला सरकारी वकिल कार्यालयको सहमतिमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले उनलाई हाजिर जमानीमा छाड्ने निर्णय गरेको हो । इलेक्ट्रिक सिग्रेट (भेप) मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न प्रहरीले गएको चैत्र ५ गते उनलाई रुपन्देहीबाट पक्राउ गरेको थियो । उनको घाँटीको टीबी र मस्तिष्कको नशामा समस्या छ । जसरकारण उनलाई प्रहरीले जमानीमा रिहा गरेको हो ।


२. केजरीवाल पक्राउ
भारतको दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । बिहीबार प्रवर्तन निर्देशनालय (ईडी) को टोलीले उनलाई पक्राउ गरेको हो । केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग मातहतको ईडीको टोली बिहीबार मुख्यमन्त्रीको घरमा पुगेको थियो । दुई घन्टा लामो सोधपुछपछि उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दिल्लीको मदिरा नीतिलाई लिएर ईडीले केजरीवालमाथि छानबिन गर्दै आएको थियो ।


३. फोहोर बेच्दै काठमाडौं महानगर
काठमाडौं महानगरपालिकाले फोहोर बिक्रीका लागि प्रस्ताव आह्वान गरेको छ । महानगरले शुक्रबार एक सूचना जारी गर्दै फोहोर खरिदका लागि ३० दिनभित्र प्रस्ताव पेस गर्न आग्रह गरेको हो । आन्तरिक राजस्व कार्यालयमा भ्याट दर्ता भएका व्यक्ति, कम्पनी वा फर्महरुले सुख्खा फोहोर खरिदका लागि प्रस्ताव गर्न सक्नेछन् । प्राप्त प्रस्तावहरु आगामी बैशाख १० गते दिउँसो २ बजे कार्यालयको वातावरण व्यवस्थापन विभागका कर्मचारी एवं उपलब्ध प्रस्ताव दाताहरुको रोहवरमा खोलिने जनाएको छ ।


४. मिटरब्याज जाँचबुझ आयोग गठन
सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न नयाँ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो । आयोगको सदस्यमा पुष्कर कार्की र सञ्जीव मिश्र रहेका छन् ।


५. बाँसबारीको जग्गा फिर्ता !
चौधरी समूहले हडपेको बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा फिर्ता भएको छ । भुमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजारले चाँदबाग रेसिडेन्सको नाममा रहेको उक्त जग्गा नेपाल सरकारको नाममा फिर्ता ल्याएको हो । मालपोत कार्यालय डिल्लीबजारका प्रमुख छबिलाल नेपालीका अनुसार मालपोत ऐनको दफा २४ अनुसार उक्त जग्गा नेपाल सरकारको भएको ठहर गर्दै फिर्ता भएको छ ।


६. उपकुलपति नियुक्ति प्रक्रिया रोकिँदैन
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मधयपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया नरोकिने बताएकी छन् । शुक्रबार प्रतिनिधिसभा अन्र्तगत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया नरोकिने बताएकी हुन् । विश्वविद्यालयको उपकुलपति छनौटको मापदण्ड कडा भएको आवाज उठिरहेकाले हाललाई प्रक्रिया रोकिएको मन्त्री श्रेष्ठको भनाई थियो ।

७. मधेश प्रदेश सरकारः नेपाली कांग्रेसले लियो समर्थन फिर्ता
नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश प्रमुखलाई शुक्रबार पत्र लेख्दै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएको हो । ‘मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा १६८ अनुसार नेपाली कांग्रेस संसदीय दलको समर्थन रहेकोमा आजकै मितिबाट सो समर्थन फिर्ता लिइएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।’ कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुख कार्यालयमा बुझाएको पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ८ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आजको मौसमः कोशी, बागमती र सुदुरपश्चिममा बर्षाको सम्भावना

काठमाडौं । देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको

यस्तो छ मंगलबारका लागि अमेरिकी डलरको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज (मंगलबार) अमेरिकी डलर

आजदेखि छठपर्व विधिपूर्वक सुरु, मिथिलाञ्चलमा धुमधामका साथ मनाईँदै

रासस । थिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक

विश्वकप लिग-२: नेपाल र स्कटल्यान्डबीचको खेल बर्षाका कारण रद्द

काठमाडौं । जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत

यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर