९ जेष्ठ २०८२, बिहिबार । May 22, 2025

बाँसबारी जग्गा प्रकरण

विनोद चौधरीको बयानः जग्गा कानून अनुसार नै लिएका हौँ



काठमाडौं । उद्योगी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा आफुहरुले कानून वमोजिम नै लिएको दाबी गरेका छन् ।

बिहिबार बिहान बयान दिन सरकार वकिल पुगेका चौधरीले सीआईबीसामु बाँसबारी जग्गा प्रकरणमा आफ्नो कुनै दोष नभएको दाबी गरेका थिए । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले दिएको जानकारी अनुसार बाँसबारी छालाजुत्ताको सरकारी जग्गा कानुन बमोजिम नै हालको सीजी चाँदबाग रेसिडेन्सीको नाममा आएको चौधरीको बयानमा उल्लेख छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बाँसबारी छालाजुत्ताको जग्गा प्रकरणमा अनुसन्धानका लागि चौधरीलाई बिहीबार जिल्ला सरकारी वकिल कार्यालयमा बोलाएको थियो ।

उनले बिहीबार विहान ८ देखि ११ बजेसम्म रामशाहपथस्थित जिल्ला सरकारी वकिल कार्यालयमा बयान दिएका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  ४ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तोलामा ५ हजारले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको यात्रा

काठमाडौं । कृषिमा आधुनिकीकरण र प्रविधिको समावेशका बारेमा लामो समयदेखि

राष्ट्र बैंकले पायो नयाँ नेतृत्वः विश्व पौडेल बने १८ औँ गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरका रूपमा विश्व

नेप्सेमा उत्साहजनक वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर बजार आज उल्लेखनीय रूपमा उकालो लागेको छ।

भीमफेदीको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना : १४ जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी