५ चैत्र २०८१, बुधबार । March 19, 2025

काठमाडौंमा मध्याह्नपछि पानी पर्न सक्ने



काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली तथा विहार राज्यको आसपासको न्यूनचापीय प्रणालीको प्रभावले आज पनि काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् चिरञ्जीवी भेटुवालका अनुसार अहिले काठमाडौँ उपत्यकासहित देशभर आंशिक बदली भएको छ । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पानी पर्ने सम्भावना छ । काठमाडौँमा मध्याह्नपछि वर्षा हुने सम्भावना छ । कोशी प्रदेशका केही स्थानमा अहिले छिटपुट वर्षा भइरहेको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव भोलि शुक्रबारसम्म सक्रिय रहने भएकाले देशका धेरैजसो स्थानमा यसको प्रभाव पर्ने महाशाखाले पूर्वानुमान गरेको छ । कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्सहित सामान्य वर्षा हुने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात हुने विभागको अनुमान छ ।

विभागका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघ गर्जनसहित छिटपुट वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  ११ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

युगान्डबाट स्वदेश फर्कियो नेपाली राष्ट्रिय महिला टोली

काठमाडौं। चार देशीय महिला टी-२० सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि

एसईई परीक्षा अवधिभर दुर्गेश थापाले कुनै कार्यक्रम नगर्ने

काठमाडौं । गायक तथा सर्जक दुर्गेश थापाले भोलिदेखि सुरु हुन

रेकर्ड तोड्दै उकालो लाग्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा १ लाख

सिन्धुपाल्चोकको महिला टोली ‘ग्रेट हिमालय ट्रेल’ पदयात्रामा

सिन्धुपाल्चोकको एक महिला टोली १ हजार ७ सय किलोमिटर लामो

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर