२९ फाल्गुन २०८१, बिहिबार । March 13, 2025

मंगलबार नेप्से परिसूचकमा छ दशमलव २४ अङ्कको गिरावट



काठमाडौं । । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कको गिरावट देखिएको छ ।

आज नेप्से परिसूचक छ दशमलव २४ अङ्कले घटेर दुई हजार ६७ दशमलव २९ को अङ्कमा कायम भएको हो । आज तीन सय सात कम्पनीक ९४ लाख ७८ हजार नौ सय ३३ कित्ता शेयर ६३ हजार आठ सय एक पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ६३ करोड ३९ लाख ३६ हजार पाँच सय ५४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

वित्त समूह दुई दशमलव १०, जीवन बीमा समूह शून्य दशमलव ०६ र लघुवित्त समूह दुई दशमलव ०३ अङ्कले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । आज सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह एक दशमलव ३८ र व्यापार समूह एक दशमलव ३१ प्रतिशतले घटेको छ ।

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड र सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड नौ दशमलव ९९ र इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ४५ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै घट्नेमा भने सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्कीम–२ सात दशमलव ०८ र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको छ दशमलव ९१ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रु २५ करोड ९७ लाख २२ हजार तीन सय ६७ बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने लक्ष्मी इक्विटी फन्डको छ लाख ९९ हजार छ सय ४२ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ४ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी

प्रचण्डको चेतावनी: प्रतिगामी शक्तिविरुद्ध जनतालाई सडकमा उतार्ने तयारी

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी

शैक्षिक परामर्श र नेपाल प्रहरीको सहयोग: सुरक्षित भविष्यको लागि नयाँ कदम

काठमाडौं । नेपाल प्रहरी र शैक्षिक परामर्श व्यवसायी बीचको अन्तर्क्रिया

सुनको मूल्य सामान्य बढ्यो, चाँदी पनि बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ