१३ पुस २०८२, आइतबार । December 28, 2025

पूर्वउपराष्ट्रपति पुत्र पुनलाई ८ दिन हिरासतमा राख्न अदालतको अनुमति



रुपन्देही । सहकारीको पैसा हिनामिना प्रकरणमा प्रहरी हिरासतमा रहेको पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत रुपन्देहीबाट पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद लिएको रुपन्देही प्रहरीले जनाकारी दिएको छ । गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका पुनलाई अनुसन्धानका लागि रुपन्देही लगिएको थियो । तत्कालीन समयमा उनी उपाध्यक्ष रहेको बुटवलको सुप्रिम सहकारीमार्फत ठगी गरेको भन्दै पुनसहितका व्यक्तिविरुद्ध जाहेरी परेको थियो ।

उक्त सहकारीले बचतकर्ताको ७८ करोडभन्दा बढी रकम अपचलन गरेको आरोप लागेको छ । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिव रहेका पुनको नाम सुन तस्करी प्रकरणमा समेत जोडिएको छ ।

२ साउनमा बरामद ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग पुनको सम्बन्ध देखिएको भन्दै अनुसन्धानको दायरामा ल्याउनुपर्ने सुन जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ८ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई