८ चैत्र २०८२, आइतबार । March 23, 2026

साताको पहिलो कारोबारको दिन नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट


४ चैत्र २०८०, आइतबार  

6
Shares

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।

आज नेप्से परिसूचक १० दशमलव ६२ अङ्कले घटेर दुई हजार ७० दशमलव २५ को बिन्दुमा कायम भएको छ । आज तीन सय चार कम्पनीको ८४ लाख छ हजार ७६ कित्ता शेयर ६३ हजार नौ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब ३८ करोड ७९ लाख ८० हजार तीन सय ८४ बराबरको कारोबार भएको छ ।

आज विकास बैंक समूह शून्य दशमलव ८२, वित्त समूह शून्य दशमलव ६२ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव २९ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ६२, होटल तथा पर्यटन एक दशमलव ५६, जलविद्युत् एक दशमलव १६, लगानी शून्य दशमलव ५९ र जीवन बीमा शून्य दशमलव १९ प्रतिशतले घटेको छ ।

त्यसैगरी, लघुवित्त समूह शून्य दशमलव ०३, म्युचुअल फन्ड शून्य दशमलव ४०, निर्जीवन बीमा शून्य दशमलव २२, व्यापार शून्य दशमलव ४३ र अन्य समूह एक दशमलव ०६ प्रतिशतले घटेको छ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ५६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव ८३ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू ४१ करोड ६४ लाख १७ हजार छ सय ८० बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको सात लाख ४७ हजार आठ सय ७७ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ३ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो