४ श्रावण २०८३, सोमबार । July 20, 2026

ट्राफिक प्रहरीको लापसे चेकिङ: ४ जना चालक नियन्त्रणमा


३ चैत्र २०८०, शनिबार  

15
Shares

काठमाडौं । काठमाडौंको नागढुङ्गाबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ४ जना चालकलाई शुक्रवार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

बा ३ च ८८२ नम्बरका एम्बुलेन्स चालक दोलखाको कालिन्चोक गाउँपालिका ३ का २५ वर्षीय सागर दर्जी, प्रदेश १ ०१ ००१ ख ४३ ४० नम्बरका बसका चालक सुनसरीको धरान उपमहानगरपालिका १५ का ४३ वर्षीय भोला चिमरिया, बागमती प्रदेश ०३ ००१ ख १९ ९५ नम्बरका ट्रक चालक काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका १० का २४ वर्षीय प्रविण ठकुरी र ना ७ ख ९५ ८२ नम्बरका ट्रक चालक मकवानपुरको थाहा नगरपालिका १० का २५ वर्षीय निलकण्ठ थापालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलिले चेक गर्दा‍ लागूपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  १ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर